कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गए राती एकजनाको घाँटी रेटी हत्या गरिएको छ ।
जेनजी आन्दोलनको समयमा जिल्ला कारागार तोडफोड गरी कैदीबन्दी भगाउने १८ जनामध्ये सात जनालाई जिल्ला अदालत म्याग्दीले जनही एक/एक लाख धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।
दाङ जिल्ला अदालतले सहायक प्रहरी हवलदार सङ्गीता अधिकारीलाई नगदसहित सम्मान गरेको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङको भवनसँगै महत्वपूर्ण कागजातमा हुने क्षति न्यूनीकरणका लागि भूमिका खेल्ने सहायक प्रहरी हवलदार अधिकारीलाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरेको हो ।
बर्दियामा विद्यालयमा अध्ययन गर्ने ८० प्रतिशत किशोरीमा रक्तअल्पता देखा परेको छ । स्वास्थ्य कार्यालय बर्दियाले आठ वटा नगरपालिकाका १६ वटा विद्यालयमा गएर गरेको परीक्षणमा ८० प्रतिशत किशोरीमा रक्तअल्पता फेला परेको हो । यो लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी हो ।
गृहमन्त्री ओमप्रकाश अर्याल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ शनिबार इलाम आउँदै हुनुहुन्छ । उहाँहरू बाढीपहिरोका कारण इलाममा भएको क्षतिको निरीक्षण गर्न आउन लाग्नुभएको हो ।
घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी अघिपछि फुर्सिदलमा बस्नुहुन्छ । तर चाडपर्वको समयमा भने उहाँलाई एकछिन पनि फुर्सद हुँदैन ।
जुम्लाको ऐतिहासिक सिँजा क्षेत्रमा अहिलेसम्म इन्टरनेट सेवा पुग्न सकेको छैन । इन्टरनेट सेवा नहुँदा स्थानीय समुदाय, विद्यालय तथा वडा कार्यालयले दैनिक प्रशासनिक र शैक्षिक काम गर्न समस्या भइरहेको छ । स्थानीयले फोन तथा इन्टरनेट दुवै सेवामा समस्या हुने गरेको बताएका छन् ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि खुलाएसँगै जिल्ला निर्वाचन कार्यालय खोटाङमा चहलपहल बढेको छ । फागुनमा घोषणा भएको निर्वाचनका लागि युवाले मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका हुन् ।
बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका–६, पाँडीका महिलालाई अहिले कोदो टिप्न चटारो परेको छ । असारमा लगाएको कोदो अहिले पाकेपछि यहाँका महिलालाई अहिले त्यो टिप्न चटारो परेको हो ।
कञ्चनपुरका झन्डै ७३ हजार नागरिकको जमिनको मालिक बन्ने सपना अधुरै रहेको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोग सरकारले विघटन गरेपछि कञ्चनपुरका ७२ हजार ९३० भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको जमिनको मालिक बन्ने सपना अधुरै रहने भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस गुल्मीका ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४६ जनाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
मालपोत कार्यालय चितवनले जिल्लाका जग्गाधनीको प्रमाणपत्रको स्रेस्ता कायम सुरु गरेको छ । जेनजी आन्दोलनकारीले कार्यालयमा गरेको आगजनीका कारण सबै काग
नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो । नेपालको समाज आज अभूतपूर्व सङ्कटको घेरामा छ । यो सङ्कट राजनीति, अर्थतन्त्र वा वातावरणको मात्र होइन, यो नैतिकताको गहिरो क्षयको सङ्कट हो ।
नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ ।