तिहार सुरु हुनुभन्दा पहिले नै सुरु हुनेगरेको जुवातास विरुद्ध जिल्ला प्रहरी कार्यालयले कारबाही सुरु गरेको छ । दुई दिनअघि नेपालगन्जको एक होटलबाट १४ जना जुवाडे पक्राउ गरिएको प्रहरीले शुक्रवार राति खजुराबाट पाँच जना जुवाडेलाई पुनः पक्राउ गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक स्थगन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानले तीन वर्षमा लहान नगरपालिकाको पन्ध्र हजार विरामीको उपचार गरेको जनाएको छ । ‘‘दियोमुनि अँन्ध्यारो रहनु हुँदैन’’ नारासाथ लहानमा यो अभियान चलाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार (स्थानीय समय) चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको आफ्नो नियोजित बैठक आधिकारिक रूपमा रद्द नगरेको भन्दै ‘सीलाई भेट्ने कुनै कारण छैन’ भन्ने आफ्नो हालैको टिप्पणी स्पष्ट पार्नु भएको छ ।
नेपाल तेक्वान्दो सङ्घ, जिल्ला शाखा बागलुङको आठौं साधारणसभा तथा ५ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
सूचना माग गर्दा नदिएपछि युवाहरूको समूहले गाउँपालिकामा तालाबन्दी गरेको छ । जिल्लाको सूर्नया गाउँपालिकाका युवाहरूले गत जेठ महिनामै सूचनाको हक प्रयोग गरी दुई पटक निवेदन दिँदा पनि सूचना नदिएको भन्दै तालाबन्दी गरेको बताएका छन् ।
गुल्मीको गुल्मीदरबार–२, जुभुङ्गका उमेश क्षेत्री दसैँ बिदामा काठमाडौबाट घर आउनुभएको थियो । उहाँले बर्सेनि दसैँतिहारमा छोराछोरीको पनि बिदा हुनेभएकाले घुम्ने र आफन्त भेट्ने गर्नुहुन्छ । लामो समयपछि रेसुङ्गा गर्जुरा घुम्न आउनुभएका क्षेत्रीलाई रेसुङ्गाको कालोपत्रे सडक, पर्यटकीय संरचनाको विकास देखेर निकै खुशी लाग्यो ।
पाकिस्तानको उत्तरपश्चिमी सहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा शुक्रबार राति भएको आतङ्कवादी आक्रमणमा कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको र १३ जना घाइते भएको पाकिस्तानी अधिकारीहरूले शनिबार जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलाममा भएको विपद्का कारण त्यसको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सरकारले इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरेको बताउनुुभएको छ ।
उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) प्रदर्शन गरेको प्योङयाङको सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–५, बाहुनभन्ज्याङका ७३ वर्षीय पूर्व प्रहरी हवलदार खुदबहादुर आलेको भिरबाट लडी मृत्यु भएको छ ।
नेपालगन्जका विभिन्न चार होटलबाट आपत्तिजनक कार्यमा संलग्न ४५ जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जकै एक होटलमा छापा मारेर १३ लाख रुपियाँ नगदसहित १४ जना हाइप्रोफाइल जुवाडेलाई पक्राउ गरेको थियो ।
दोलखाको तामाकोसी गाउँपालिकाले बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन ५० हजार अनुदान दिने भएको छ ।