प्रधानमन्त्री सुशीला कार्कीसँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, जेनजीका माग सम्बोधन र आसन्न निर्वाचनलगायत विषयमा जेनजी समूहका प्रतिनिधिसँग आज राष्ट्रपति कार्यालयमा छलफल भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–५, बाहुनभन्ज्याङका ७३ वर्षीय पूर्व प्रहरी हवलदार खुदबहादुर आलेको भिरबाट लडी मृत्यु भएको छ ।
नेपालगन्जका विभिन्न चार होटलबाट आपत्तिजनक कार्यमा संलग्न ४५ जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जकै एक होटलमा छापा मारेर १३ लाख रुपियाँ नगदसहित १४ जना हाइप्रोफाइल जुवाडेलाई पक्राउ गरेको थियो ।
दोलखाको तामाकोसी गाउँपालिकाले बाढी पहिरोपीडितलाई अस्थायी आवास बनाउन ५० हजार अनुदान दिने भएको छ ।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले देशलाई राजनीतिक स्थायित्व र समाधानको बाटोमा अघि बढाउन जेनजी आन्दोलनका प्रतिनिधिहरू समेत सम्मिलित सर्वदलीय सरकार गठन अपरिहार्य रहेको बताउनुभएको छ ।
जेनजी आन्दोलन र वर्षाले सुस्ताएको मनाङको पर्यटन अक्टोबर लागेसँगै उकालो लागेको छ । चाडपर्व सुरु, मौसममा सुधार भएसँगै यो सिजनको पहिलो महिना अक्टोबरको सुरुमै दैनिक एक हजार बढी पर्यटकले मनाङको भ्रमण गरेका छन् ।
जिल्लाको रामपुरमा जारी लालीगुराँस कप यू–१९ सेभेन ए साइड खुला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा आयोजक एलजी एसोसिएशन र खस्यौली फुटबल क्लब भिड्ने भएको छ । शुक्रबार भएको सेमिफाइनल दुवै टिमले जित निकाल्न सफल भएको थियो ।
छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित दुर्गा मन्दिर परिसरमा सञ्चालन भइरहेको दुर्गा पूजा मेला महोत्सवमा अस्थिरता र असलिल कार्यक्रम सञ्चालन भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय, सप्तरीले बन्द गराएको छ ।
मानवीय क्षेत्रमा सक्रिय चिकित्सक, स्वास्थ्यकर्मी, अनमी र सामाजिक अगुवाहरू सम्मानित भएका छन् । डा. तरुण पौडेल चिकित्सा कोषले ग्रामीण क्षेत्रमा बसेर उपचारमा संलग्नदेखि मानव अङ्ग प्रत्यारोपण गर्ने चिकित्सक सम्मलाई सम्मान गरेको हो ।
अहिले विवाहको मौसम चलिरहेको छ । जहाँ पहिले ठिकसँग हिँडडुल गर्न सम्भव थिएन, त्यहाँ अहिले बाटाघाटा बनेका छन् र बरात सजाउनेका लागि पौ–बारह जस्तै भइसकेको छ । डिजेसँगै रथ छ । रथमा दुलहा, दुलहाको छेउमै खुसीमा मग्न दुलहाकी आमा–इजोतिया ।
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ ।
डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको छ ।
यहाँको पौवादुङमा गाउँपालिका–१, श्यामशीलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ ।
मेरा लालीगुराँस र लालुपाते नफुलेका भए तिम्रा गाला र ओठमा लाली चड्थ्यो कसरी मेरा छाँगा र छहरा नसुसाएका भए तिम्रो सुरिलो स्वरले भाका पाउँथ्यो कसरी ?