सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने नाढीमन तालमा मोटरबोटमा सयर गरिँदै ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी) क्षेत्र विकासका लागि महत्वपूर्ण भएकाले यसमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनु भएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालले रुपान्तरण बहस गरेको छ । ‘सार्वजनिक सेवा प्रसारण विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा गरिएको रुपान्तरण वहसमा दुईवटा सत्रमा छलफल भयो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा तीन वर्षको अवधिमा ४.१४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । पालिकाका मेयर रणबहादुर महरासहित २०७९ मा स्थानीय तहको निर्वाचतबाट निर्वाचित जनप्रतिनिधहरुले सोमबार पत्रकार सम्मेलन गर्दे तीन वर्षमा उपलब्धिमुलक काम भएको जनाएका हुन् ।
सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ३५ स्वर्णसहित टिम प्रथम भएको हो ।
युवा साहित्यकार बिपिनचन्द्र बनेपालीको गजल सङ्ग्रह ‘बिस्मयको घेराबाट’ सार्वजनिक भएको छ। काठमाडौंको कोटेश्वरस्थित ग्रामर स्कुलमा आयोजित कार्यक्रममा लेखक मोहन दुवाल, ध्रुव माधिकर्मी, इन्द्रकुमार श्रेष्ठ ‘सरित’, ईश्वर बुढाथोकी, जयकुमार राई तथा लेखक बनेपालीले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
१२औँ संस्करणको रारा रनिङ गोल्डकपको उपाधि झापाको विर्तामोड युनाइटेड क्लबले जितेको छ ।
बैतडीमा एक शिशुको शव सडेको अवस्थामा फेला परेको छ ।
बाङेचौर खेल मैदानमा सम्पन्न तेस्रो संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले जितेको छ ।
डेनमार्कका विदेशमन्त्रीले रुसलाई बेइजिङको समर्थन र युक्रेनमा जारी युद्धका बारेमा चिनियाँ समकक्षीसँग ‘स्पष्ट कुराकानी’ भएको बताउनुभएको छ ।
लघुकथाकार रमेन्द्र कोइरालाका कथामाथि बहस सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २४ स्थित प्याराग्लाइडिङ उडान हुने स्थान मान्द्रेढुङ्गामा सोमबार प्याराग्लाइडिङ पाइलटहरुको मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) जाँच गरिएको छ ।
जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । अछामको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उहाँको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो ।
प्रथम महिला राधिका शाक्यले आफूले राजनीति बुझेको तर राजनीतिमा नआउने स्पष्ट गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर छैठौअधिवेशनको पाँचौं बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।