‘‘एन्फाले होम एन्ड अवे लिग भन्दै अन्योल छर्ने काम गरेको छ । अबको लिग एएफसीको क्लब लाइसेन्सिङअनुसार हुनुपर्छ । क्लबहरुले लिग खेलिसकेपछि जित्ने टोलीले एएफसीको प्रतियोगिता पनि खेल्न पाउनुपर्छ । नत्र लिगको के अर्थ रह्यो र ?’’ शेर्पाले प्रश्न गर्नुभयो ।
दसैँसँगै मनसुन बिदा भएपछि लमजुङका किसानहरूलाई अहिले धान काट्न र थन्क्याउन चटारो छ । गाउँभरिका कृषकहरू खेतमै व्यस्त हुन थालेका छन् ।
भारत सरकारले आफ्नो मुलुकमा वस्तु एवम् सेवा कर (जिएसटी) मा ठुलो परिवर्तन गरेपछि वीरगन्जको स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । भारत सरकारले दैनिक उपभोग्य सामग्री तथा खाद्यान्नमा लगाउँदै आएको बस्तु एवम् सेवा कर १२ प्रतिशतबाट झारेर ५ प्रतिशतमा सीमित गरेपछि बीरगञ्जका उपभोक्ताहरु सिमापारीको रक्सौल बजार जान थालेपछि बीरगञ्ज बजार सुनसान भएको स्थानीय ब्यवसायीहरुको भनाइ छ।
राष्ट्रपति पौडेल शनिबार महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलले जानकारी दिनुभयो।
तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्को एकजना गम्भीर घाइते भएका छन् ।
देशको वर्तमान आर्थिक अवस्था र स्रोत सङ्कुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न तथा मितव्ययिता अपनाउन मातहत निकायलाई निर्देशन दिएको छ ।
रौतहटको एक विद्यालयका प्रधानाध्यापक शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
जापानको सबैभन्दा ठुलो विपक्षी दलले प्रधानमन्त्रीका रूपमा साने ताकाइचीको उदय रोक्नका लागि अन्य दलसँग मिलेर साझा उम्मेद्वारको समर्थन गर्ने तयारी गरेको छ ।
सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि भूमिहीनहरू तथा सम्बद्ध संस्थाहरूले त्यसको विरोध गरेका छन् । भूमि अधिकार तथा श्रमिक संगठन नेपालले सरकारको सो कदमलाई जनविरोधी र भूमिहीन समुदायमाथिको आक्रमणको संज्ञा दिएको छ।
बाराको सिम्रौनगढ नगरपालिका –६ मा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्। स्थानीय इशरा पोखरीको डिलबाट घर लिपपोत गर्न माटो खन्नेक्रममा शनिबार बिहान करिब ८ः५० बजे माटोको ढिस्को खसेको र पुरिएर ८ जना स्थानीय घाइते हुँदा उद्धारका क्रममा दुई जनाको ज्यान गएको हो।
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५, हिल्सासहित जिल्लाभरका उच्च भेगमा यो वर्ष पहिलोपटक हिमपात हुँदा देखिएको हिउँ। हिमपात हुँदा जिल्लाभर चिसो बढ्दै गएको छ ।
गत भदौ २४ गते साँझ जेनजी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म २२८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ९९ जना अझै सम्पर्कविहीन रहेका छन् ।
मधेश प्रदेशमा बालिकासम्बन्धी ऐन तथा कानुनी संरचनाहरू कार्यान्वयनको चरणमा कमजोर देखिएको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् ।
बाढीले पुल बगाएपछि पाँचथर सदरमुकाम फिदिम नगरपालिका–१ र ७ लाई जोड्ने नाम्दु खोलामा स्थानीयले फड्के निर्माण गरेका छन् ।
इन्टरनेट र एआईका विविध विषयमा २० देशका विज्ञले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन् ।