राधा लुइटेल
फिदिम, असोज २५ गते । बाढीले पुल बगाएपछि पाँचथर सदरमुकाम फिदिम नगरपालिका–१ र ७ लाई जोड्ने नाम्दु खोलामा स्थानीयले फड्के निर्माण गरेका छन् ।
पूर्वाधार विकास कार्यालय पाँचथरको सक्रियतामा फिदिम १ र ७ का नागरिकले जनश्रमदान गरेर बाँसको फड्के बनाएका हुन् । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले निर्माण गरेको पुल असोज १८ गते आएको बाढीले बगाएको थियो ।
त्यसपछि यो सडक भएर फिदिमदेखि रानीटार हुँदै लुङरुपासम्म जाने सवारी साधन चलिरहेका छैनन् । पुल र बाटो बगेपछि यात्रुलाई समेत आवागमनमा असहज भइरहेका बेला यहाँ बाँसको फड्के बनाइएको कार्यालय प्रमुख सैलेन्द्र सिंहले जानकारी दिनुभयो । फड्के बनेपछि पैदल यात्रुलाई सहज भएको छ ।