नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बन्दैन भन्ने भाष्यलाई गलत सावित गर्न र युवा पुस्तामा टुटेको विश्वास पुनर्जागृत गराउन काम गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
निर्माणाधीन पुलबाट खस्दा बाँकेको राप्ती सोनारी गाउँपालिका-४ भगवानपुरका एक युवकको मृत्यु भएको छ । २७ वर्षीय दीपेन्द्र थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेशसभाको बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको हो ।
बागमती प्रदेश सभाका प्रदेश सभाभुख भुवनकुमार पाठकले प्रदेश सभाको सोह्रौ अधिवेशन कानुन निर्माण कार्यमा सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्ज घिमिरे चोकमा सोमबार अपराह्न बस र म्याजिक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई दिनुभएको छ ।
ललितपुर जिल्ला बुद्धिचाल सङ्घको अध्यक्षमा विक्रम श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न साधारणसभाले विक्रमको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० ले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटी सुधार हुने बताउनुभएको छ ।
रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मा अनुगमन गर्न गएका औषधी व्यवस्था विभागका कर्मचारी नै कुटिएका छन् ।
सरकारले “चलचित्र विधेयक, २०८१” राष्ट्रियसभामा पेस गरेको छ । सोमबार बसेको बैठकमा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले “चलचित्र विधेयक, २०८१” राष्ट्रिय सभामा पेश गर्नुभएको हो ।
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि सोमबार अपराह्न चीनको शान्सी प्रान्तको सियान सहर तर्फ प्रस्थान गर्नुभएको छ ।
कर्णाली प्रदेशसभामा सोमबार अनौठो दृश्य देखियो । सत्तापक्षका प्रदेशसभा सदस्यहरूको सिट भरी भराउ हुँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरु कोही पनि देखिएनन् । जस कारण बैठक कार्यसूचि मै प्रवेश नगरी स्थगित भयो ।
‘करुणा’ कृतिका लेखिका तथा प्रधानमन्त्री केपी शर्मा ओली पत्नी प्रथम महिला राधिका शाक्यले आफूलाई कसैले लेखिका र सामाजिक अभियन्ता भनेर सम्बोधन गर्दा अप्ठेरो लाग्नेगरेको बताउनुभएको छ ।
नारायणघाट–बुटबल सडक आयोजनाले झण्डै ९४ किलोमिटर एकतर्फी कालोपत्रे भएको जनाएको छ ।
रुकुमपश्चिममा एक बालकको शव फेला परेको छ । जिल्लाको आठ बिसकोट नगरपालिका ११ फारुला निवासी नरेश विकको छोरा १० वर्षीय यज्ञ विकको शव सोमबार दिउँसो फेला परेको हो ।