कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ ।
जैमिनी नगरपालिकाले वडा तहका विपन्न, दलीत र पछाडि पारिएको बस्तीमा कानूनी साक्षरता अभियान सञ्चालनमा ल्याएको छ ।
गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
तिल गाउँमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ । बाढी पहिरोपछि अध्ययनका लागि पुगेको टोलीले हिमताल फुटेको फेला पारेको नाम्खा गाउँपालिकाका–६ का वडा सदस्य तेम्बा तुण्डुप लामाले बताउनुभयो ।
संयुक्त राष्ट्र सङ्घीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नुभएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मातहत युनिटका कमान्डरलाई मनसुनजन्य विपद् प्रतिकार्य योजनाका लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ ।
चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी खुदीपुल नजिक ‘साम्बा’ चोक स्थापना गरिएको छ ।
कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका, युरोपेली सङ्घ (इयु), ताइवान र जापानबाट आयात हुने प्लास्टिकमा ७५ प्रतिशतसम्म शुल्क लगाएको बेइजिङको वाणिज्य मन्त्रालयले जनाएको छ ।
म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ ।
दैलेखमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको भगवतीमाई गाउँपालिका–३ स्थित सान्तडामा २१ वर्षीय निमबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको छ ।
अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सरको ‘आक्रामक’ रूप देखिएको छ । यसको प्रभाव उहाँको हाडमा समेत फैलिएको र यसको उपचारको विकल्पबारे समीक्षा गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौँमा बसेर अधिवक्ताको पेसामा काम गर्नुहुने रत्नबहादुर बुढाले जुम्ला आउदा अर्गानिक खाद्य वस्तुको खोजी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित अर्गानिक खाद्य बस्तु मार्सीचामल, सिमीकोदाल ओखर, जुम्मु लगायतका वस्तुहरु लिएर फर्किनुभयो ।
मुन्दुम पदमार्गको विकास तथा प्रवर्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो ।
बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
नेपाल तरुण दल पाँचथर फाल्गुनन्द गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेसको सहमहामन्त्री भिष्मराज आङ्देम्बेज्युको प्रमुख आतिथ्यमा भएको अधिवेशन कार्यक्रममा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।