चलचित्र ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौं एक कार्यक्रमबिच सार्वजनिक गरिएको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथालाई प्रमुख विषयवस्तु बनाइएको छ ।
भाइटीकाको दिन प्रदर्शन हुन लागेको चलचित्र ‘सोल्टिनी’ ले आफ्नो नयाँ गीत ‘नौ लाख तारा’ सार्वजनिक गरेको छ । गीतमा झुमा लिम्बू, सुनिता थेगिम र प्रशान्त शिवाकोटीको स्वर रहेको छ भने शब्द र सङ्गीत निर्देशन प्रशान्तकै रहेको छ ।
हिमाली जिल्ला हुम्लामा तातो तेल पिउने पर्व मनाइएको छ । दसैँपछि मनाइने पूर्णिमाको अन्तिम दिन धामी नाच्ने र धामीले कराहीमा आगोमा उमालेको तेल पिएपछि उक्त पर्व सम्पन्न हुन्छ ।
करिब छ महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने भएको छ । थाई एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्डबिच अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको हो ।
एटिएमको प्रयोग गरी डेबिट कार्डबाट गरिने कारोबारको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको निर्देशन अनुसार डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाइएको हो ।
तनहुँ जिल्लाका विभिन्न स्थानमा बाच्छिम, अरिङ्गाल र सर्पको टोकाइबाट तीनजना घाइते भएका छन् ।
सरकारको केन्द्रीय संयुक्त बजार अनुगमन समितिले तिहारलक्षित बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो ।
नेपाल राष्ट्र बैङ्कले सुनको कोटा बढाएर २५ केजी पुर्याएको छ । यसअघि दैनिक २० केजी सुन आयात गर्न सकिने परिमाणबाट पाँच केजी बढाएर २५ केजी पुर्याएको हो ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
सरकारले निर्यातमा व्यवसायीलाई दिँदै आएको नगद अनुदान खारेज गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा बजेट नछुट्याएको र स्रोत अभाव देखाउँदै नगद अनुुदान खारेज गरिएको उद्योग विभागले जनाएको छ ।
यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो ।
जेनजी विद्रोहबाट सत्ता उथलपुथल भएको लामो समयपछि बल्ल विघटित सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल सर्वदलीय परामर्शमा जुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान एवं प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा जेनजी आन्दोलन, नयाँ सरकार, फागुन २१ गतेका लागि घोषित निर्वाचन र समसामयिक राजनीतिक विषयमा दलहरू संवादमा जुटेका हुन् ।
नेपाल सरकारले इजरायल र हमासबिच भएको शान्ति सम्झौताको स्वागत गरेको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पको ‘मध्य पूर्व शान्ति योजना’ को प्रस्ताव अनुसार शान्ति सम्झौताको पहिलो चरण कार्यान्वयन गर्न इजरायल र हमासबिच भएको सम्झौताको नेपाल सरकारले स्वागत गरेको हो ।
बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको बिपी राजमार्गमा भएको अवरोध हटाई अस्थायी ट्र्याक खुलाइएको छ । बाढीपहिरोका कारण अवरुद्ध भएका सबै स्थानमा अस्थायी डाइभर्सन र पहिरो हटाई ट्र्याक खोलेर शुक्रबार दिउँसोदेखि बिपी राजमार्ग खुलाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरलगायतका स्थानमा ¥याली, धर्ना, प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि उत्पन्न शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले शान्तिपूर्ण धर्ना, जुलुससमेत गर्न अनुमति नदिने निर्णय गरेको हो ।