प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । आज काउन्सिलका सदस्य बालकृष्ण अधिकारीको अध्यक्षतामा बसेको बैठकले आचारसंहिता उल्लङ्घनका प्रवृत्ति, उजुरी र स्वअनुगमनलगायत सम्बन्धमा विभिन्न छ वटा निर्णय गरेको छ ।
दुई वर्षका लागि गरिएको प्रायोजन वापत इम्पेरियल सेक्युरिटीजले भलिबल सङ्घलाई वार्षिक २० लाख रुपियाँ उपलब्ध गराउनेछ ।
इजरायलको न्याय मन्त्रालयले शुक्रबार हमाससँगको युद्धविरामको सम्झौताको एक भागको रूपमा गाजामा बन्धक बनाइएका बन्धकहरूको बदलामा रिहा गरिने २५० कैदीहरूको सूची प्रकाशित गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउनुभएको छ।
ललितपुरमा असोज २९ देखि कात्तिक २ गतेसम्म १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदैछ ।
नेपाल आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकमा वर्तमान समस्याको समाधान महाधिवेशनबाट खोज्ने तथा पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउने विषयमा प्रस्ताव तयार गर्ने विषयमा छलफल गरेको छ ।
जेनजी आन्दोलनमा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय लहानको कार्यालय सञ्चालनको लहान नगरपालिकाले कम्प्युटर र फर्निचर सहयोग गरेको छ ।
नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्यांकन गरेर छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल लिएको जानकारी गराएको छ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिकामा ट्रकको ठक्करबाट शुक्रबार एक वृद्धको मृत्यु भएको छ ।गाउँपालिकाको वडा २ चाँदनी चोकस्थित पूर्वपश्चिम राजमार्गको निर्माणाधीन बाटोमा ट्रकको ठक्करबाट स्थानीय ७६ वर्षीय बमभोज चौधरीको मृत्यु भएको हो ।
फरक क्षमता भएकी आफ्नै दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । फरक क्षमता भएकी ६५ वर्षीया वृद्धा दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीया भाई पक्राउ परेका हुन् ।
बागमती प्रदेश सभाको प्रदेश सभामुखमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको हेटौँडामा शुक्रबार बसेको ३५ औं बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार मोटरसाइकल र्याली आयोजना गर्न वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
महिला आप्रवासीको सवाल र अधिकार प्रवर्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ ।
भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या जिल्लाको एक गाउँमा बिहीबार राति घरभित्र भएको भीषण विस्फोटका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ ।