नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाले सहयोग, दानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
विवाहित महिला लक्षित मिसेस स्टेट कोशी प्रदेश सिजन थ्री यहि जेठ १५ गते हुने भएको छ ।
विद्यालयले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनका लागि च्याउ खेती सिकाउन थालेको छ । बेनी नगरपालिका १० पात्लेखेत स्थित दीपक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले च्याउखेती थालेका हुन् ।
अछामको कमलबजार विमान स्थलमा नियमित व्यावसायिक उडान हुन थालेको छ । निमार्ण कार्य थालनी भएको ३२ वर्षपछि व्यावसायिक उडान सुरु भएको हो । आइतबार चौथो पटक व्यावसायिक उडान भएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई सम्मान गर्नुभएको छ ।
सत्तारुढ दलका नेता एवम् नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले हिमाली क्षेत्रका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनुपर्ने बताउनुभएको छ ।
नेपालले पहिलो पटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागु भएको छ । स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ मा विद्यालय नर्स कार्यक्रम एक हजार ३८७ विद्यालयमा लागू भएको उल्लेख गरेको छ ।
काठमाडौँ महानगरपालिकाले दोस्रो संस्करणको सीप मेला २०८२ का लागि आठ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
गोरखाको शहिद लखन गाउँपालिका – ७ बेलबोटस्थित जुग्दी खोलामा डुबेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी घर भई शहिद लखन गाउँपालिका – ७ बस्ने ३५ वर्षीय सुमन मगर भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वलाई हिमालय पर्यटन हबको रूपमा विकास गरिने भएको छ ।
गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले सोमबार शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदूतहरुको उपस्थिति थियो ।
कहिलेकाहीँ मौनता यति चर्को हुन्छ कि शब्दहरू थरथर काँप्छन् । त्यस्तै, मौनतामा चिच्याएको छ, सिन्धुली अस्पतालकोे ‘बेड नम्बर ३३’ । अस्पतालको दोस्रो तल्लामा अवस्थित ३३ नम्बर शय्यामा श्वास मात्रै चलिरहेको शरीर लम्पसार छ ।