पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको प्रष्ट पार्नुभएको छ ।
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा विशेष अधिवेशनको विषयमा छलफल भएको छ।
युक्रेनको राजधानी किएभ शुक्रबार बिहान रुसको तीव्र हवाई आक्रमणपछि अन्धकारमा डुबेको छ ।
गृहसचिव रामेश्वर दंगालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपाललाई उच्च तयारीका साथ लाग्न निर्देशन दिनुभएको छ।
म्याग्दी, असोज २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुनहिलबाट देखिएको संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।
मोरक्कोका राजा मोहम्मद छैटौँले शुक्रबार संसद् उद्घाटन गर्दै राष्ट्रलाई सम्बोधन गर्ने तयारी गर्नु भएको छ ।
छठ र दीपावली पर्व नजिकिँदै जाँदा धनुषासहित मधेशका विभिन्न ठाउँका कुम्हार समुदायका मानिस माटाका सामग्री बनाउने काममा निकै व्यस्त भएका छन् ।
भेनेजुएलाकी विपक्षी कार्यकर्ता मारिया कोरिना मचाडोले शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कार जित्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगाँवा, रुपन्देहीमा कार्यरत दुई प्रहरीमाथि घुस प्रकरणमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
यतिबेला माथिल्लो मनाङका स्थानीयहरू हिउँदे तरकारीका रूपमा प्रयोग गरिने हिमाली च्याउ सङ्कलनमा व्यस्त छन् ।
ताप्लेजुङमा निर्माण गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवद्र्धनमा निर्माण गर्न लागिएको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाका लागि लगानी जुटेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र मौरिस हर्जोग पदमार्गको प्रवर्धन र पर्यावरणको संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम लिएर युवाहरुको टोली आधार शिविर पुगेर फर्किएको छ ।
नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।
पूर्वपश्चिम राजमार्ग सर्लाहीको बागमतीबाट मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको झनझनेसम्म पुग्ने कर्मैया–पिपलमाडी सडक एक सातादेखि अवरुद्ध रहेको छ ।
मनास्लु पदमार्गअन्तर्गत लार्केतर्फ जाने क्रममा लेक लागेर एक युवकको मृत्यु भएको छ ।