सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर १५ घर जोखिममा परेसँगै जिल्ला सुरक्षा समिति, सिन्धुलीसहित सरोकारवाला व्यक्तिहरु शुक्रबार स्थलगत निरीक्षण गर्नुहुँदै । जमिन भासिएर बस्ती नै जोखिममा परेपछि यहाँका १५ घरका एक सय बढी हायु परिवार चिन्तामा छन् ।
भारतले अफगानिस्तानमा आफ्नो प्राविधिक मिसनलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यो निर्णयले तालिबानसँगको सम्बन्धमा नयाँ अध्याय खोल्ने सङ्केत गरेको छ ।
प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ्गको अभिव्यक्ति भन्दै प्रकाशित समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ।
निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।
सत्तारूढ गठबन्धनका कनिष्ठ साझेदार कोमेइतो पार्टीले गठबन्धन छोडेपछि देश राजनीतिक अनिश्चिततामा फसेसँगै जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रयासमा रहेकी साने तकाइचीको राजनीतिक यात्रा ठूलो सङ्कटमा परेको छ ।
दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबिच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ ।
अस्ट्रेलियाको सुदूर उत्तरी क्षेत्रमा बिहीबार राती हेलिकोप्टर दुर्घटना हुँदा एक जना यात्रुसहित पाइलटको मृत्यु भएको क्विन्सल्यान्ड प्रहरी सेवा (क्युपिएस) ले जनाएको छ ।
फिफा एन्टी–डोपिङ कार्यक्रममा विश्वका शीर्ष २८ जनामा नेपालकी करिना पुरी पनि छनोट हुनुभएको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
म्यान्माको सैन्य सरकार (जुन्ता) ले शुक्रबार मलेसियालाई आफ्नो आगामी निर्वाचनमा पर्यवेक्षण टोली पठाउन औपचारिक अनुरोध गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार सरकारले हमाससँग बन्धक मुक्तिको सम्झौतालाई अनुमोदन गरेको बताएको छ ।
शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
विश्वकै सबैभन्दा प्रतिष्ठित तर प्रायः अप्रत्याशित पुरस्कारमध्ये एक मानिने नोबेल शान्ति पुरस्कारको विजेताको घोषणा आज (शुक्रबार) नर्वेजियन नोबेल समितिले गर्दै छ ।
काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बजार क्षेत्रलाई उपभोक्तामय बनाउन बागलुङ बजारको माझमा पर्ने ‘गोदाम घर’ भनेर चिनिने कृषि सामग्री संस्थानको जग्गामा हाटबजार स्थापना गर्न माग गरेको छ ।