फरक क्षमता भएकी आफ्नै दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । फरक क्षमता भएकी ६५ वर्षीया वृद्धा दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीया भाई पक्राउ परेका हुन् ।
बागमती प्रदेश सभाको प्रदेश सभामुखमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको हेटौँडामा शुक्रबार बसेको ३५ औं बैठकले यस्तो निर्णय गरेको हो।
नेकपा (एमाले) को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले आइतबार मोटरसाइकल र्याली आयोजना गर्न वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
महिला आप्रवासीको सवाल र अधिकार प्रवर्धनका लागि पैरवी रणनीति राष्ट्रिय कार्यशालाको आयोजना गरिएको छ ।
भारतको उत्तर प्रदेश राज्यमा रहेको अयोध्या जिल्लाको एक गाउँमा बिहीबार राति घरभित्र भएको भीषण विस्फोटका कारण कम्तीमा पाँच जनाको ज्यान गएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई १३२ रनको चुनौती दिएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थलमा पोल्याण्डका नागरिक । विदेशी पर्यटक विश्वको पाँचौ अग्लो मकालु हिमाल र मकालु वेश क्याम्प आरोहणका लागि तुम्लिङटार विमानस्थल हुँदै आउने गरेका छन् ।
यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ ।
असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गर्नु भएको सर्वदलीय बैठक राष्ट्रपति कार्यालयमा सुरु भएको छ । बैठकमा २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र राजनीतिक सहकार्यका विषयमा छलफल हुँदैछ ।
मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिनेहुनु भएको छ । मुख्यमन्त्री सिंहले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम असोज २८ गते विश्वासको मतका लागि व्यवस्था मिलाइदिन प्रदेशसभालाई शुक्रबार पत्राचार गर्नुभएको हो ।
जापानमा बसोबास गर्ने विदेशी नागरिकको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षमा विदेशी कामदारलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ ।
इजरायलको संसद (नेसेट) का अध्यक्ष अमिर ओहानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेसेटमा सम्बोधन गर्न औपचारिकरूपमा आमन्त्रित गर्दै उहाँलाई ‘आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र र सहयोगी’को उपाधि दिनुभएको छ ।
संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।