मालपोत कार्यालय चितवनले जिल्लाका जग्गाधनीको प्रमाणपत्रको स्रेस्ता कायम सुरु गरेको छ । जेनजी आन्दोलनकारीले कार्यालयमा गरेको आगजनीका कारण सबै काग
नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो । नेपालको समाज आज अभूतपूर्व सङ्कटको घेरामा छ । यो सङ्कट राजनीति, अर्थतन्त्र वा वातावरणको मात्र होइन, यो नैतिकताको गहिरो क्षयको सङ्कट हो ।
नेपाल नेत्र ज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पताल, परासीले जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा कार्यरत ११८ जना प्रहरी कर्मचारीहरूको आँखा परीक्षण गरेको छ ।
‘चिनीले मानिसको मोटोपन बढाउने, मधुमेह गराउने र मुटुरोग लाग्ने भएकाले यसको प्रयोग कम गर्न विश्व स्वास्थ्य सङ्घले बोल्न आवश्यक छ’ भनेर केही जनस्वास्थ्यविद्ले सन् २००२ मा सुझाव दिएका थिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको राप्ती खोलामा बनेको राप्ती पुल मर्मतसम्भार अभावले जोखिमयुक्त बन्दै गएको हो । वर्षामा राप्तीखोलामा आएको बाढीले पिल्लरमा
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ ।
गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको छ ।
नेपालको उत्तर–दक्षिण जोड्ने महत्वाकाङ्क्षी योजना ‘कालीगण्डकी कोरिडोर’ अहिले केवल सडक सञ्जालको विस्तार होइन, नेपालको भूराजनीतिक तथा आर्थिक सम्भावनालाई नयाँ दिशा दिने राष्ट्रिय गौरवको परियोजनाका रूपमा अगाडि बढिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले र्याली, जुलुस र सभा जस्ता कार्यक्रम गर्न रोक लगाएको छ ।
भौतिक संसार परमाणुले बनेको हुन्छ । त्यस्तै प्राणीहरूको शरीर जीवाणुबाट बनेको हुन्छ । जन्मदेखि मृत्यु नहुन्जेलसम्म बाँचिरहेको अवधिको युगलाई आयु भनिन्छ । हामी जिउन वायु, जल पदार्थ र आत्माको आवश्यकता पर्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
बाँकेलगायत पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिलाले शुक्रबार करवाचौथ पर्व मनाएका छन् । तराईमा बसोबास गर्ने विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाएको नेपालगन्ज–१८ की अगुवा महिला लक्ष्मी मिश्रले बताउनुभयो ।
पछिल्लो समय परम्परागत रोटेपिङ र लिङ्गेपिङ थाप्ने चलन हराउँदै गएको छ । विशेष गरी दसैँ र तिहार पर्वको समयमा गाउँघरमा खेलिने रोटेपिङ र लिङ्गेपिङ हराउन थालेको हो । विगतमा विभिन्न स्थानमा अत्यधिक रूपमा दसैँ र तिहारको समयमा रोटेपिङ (काठको पिङ) र लिङ्गेपिङ (बाँसको प्रयोगबाट निर्माण गरिने पिङ) थापेर पिङ खेल्ने गरिन्थ्यो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान जेनजी प्रतिनिधिहरुसँग छलफल गर्नुहुँदै छ ।