काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बजार क्षेत्रलाई उपभोक्तामय बनाउन बागलुङ बजारको माझमा पर्ने ‘गोदाम घर’ भनेर चिनिने कृषि सामग्री संस्थानको जग्गामा हाटबजार स्थापना गर्न माग गरेको छ ।
अविरल वर्षाले बर्दीबास –३ स्थित पाटु गाउँको खानेपानीको मुहानमा क्षति गर्दा गाउँमा पानीको अभाव भएको छ । यसअघि असोज ३ गते पनि भोगटे खोलामा आएको बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति गरेको थियो ।
रङ्गशाला नेपाल मिडिया प्रालिले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्ट्स अवार्ड आगामी मङ्सिर १८ गते हुनेछ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जले आगामी आइतबारदेखि सरकारी कार्यालयबाट आफनो सेवा दिने भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका –१, स्थित जोगेनमा सुतेकै अवस्थामा एक पुरुष मृत फेला पर्नुभएको छ । शुक्रबार बिहान करिब ५ बजे मृत अवस्थामा पुरुष मृत फेला पर्नुभएको हो ।
तिहारका लागि सुनसरीको इनरुवाका पण्डित (कुम्भकार) समुदायलाई दियो र कलशका लागि घैला बनाउन भ्याइनभ्याइ भएको छ ।
झापाको दमकमा एक व्यक्तिको शव फेला परेको छ । दमक वडा –७ पशुहाटको नालीभित्र एक पुरुषको शङ्कास्पद अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
अफ्रिकी महादेशको छनोटअन्तर्गत समूह ‘जी’ मा रहेको अल्जेरियाले बिहीबार राति भएको खेलमा घरेलु टोली सोमालियालाई ३–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माणसम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सम्पूर्ण चिकित्सकलाई जेनेरिक औषधी क्यापिटल (ठुलो) अक्षरमा लेख्न निर्देशन दिएको छ । अस्पतालले सूचना निकाल्दै अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई जेनेरीक औषधी क्यापिटल अक्षरमा लेख्न निर्देशन दिएको हो ।
बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बनेको छ । दिवा खाजाले नरैनापुरका बालबालिकालाई विद्यालय आउन प्रेरित गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
शुक्रबार बिहान चङ्खेली गाउँपालिका– ६ को देसीखोला गोठ्यानामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो गाउँपालिकाको मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङतर्फ आउने क्रममा सो जीप दुर्घटनामा परेको हो ।
मकवानपुर प्रहरीले लङ्गुरबुर्जा खेलाउने पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार राति हेटौँडा उपमहानगरपालिका –८, कमानेस्थित नमुना चोकबाट लङ्गुरबुर्जा खेलाउने पाँच जनालाई पक्राउ गरिएको हो ।
मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय टी–२० सिरिज जितेको नेपाली महिला क्रिकेट टोली बिहीबार राति स्वदेश फर्किएको छ ।