• २४ असोज २०८२, शुक्रबार

चिकित्सकले औषधीको ब्रान्ड लेख्न नपाउने

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २४ गते । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सम्पूर्ण चिकित्सकलाई जेनेरिक औषधी क्यापिटल (ठुलो) अक्षरमा लेख्न निर्देशन दिएको छ । अस्पतालले सूचना निकाल्दै अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकलाई जेनेरिक औषधी क्यापिटल अक्षरमा लेख्न निर्देशन दिएको हो । 

अस्पतालका कार्यकारी निर्देशक प्राडा. सुवासप्रसाद आचार्यले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकलाई डीन कार्यालयबाट निर्देशित नियमअनुसार बिरामीलाई औषधी सिफारिस जेनेरिकमा क्यापिटल लेटरमा गर्न निर्देशन दिएको बताउनुभयो ।   

यो निर्देशनसँगै अबदेखि चिकित्सकले औषधीको नाम र कम्पनीको ब्रान्ड लेख्न पाउने छैनन् । नेपालमा चिकित्सकले औषधी लेख्दा ब्रान्ड नाम प्रयोग गर्ने चलन थियो ।