काठमाडौँ, असोज २४ गते । मलेसियाविरुद्ध अन्तर्राष्ट्रिय टी–२० सिरिज जितेको नेपाली महिला क्रिकेट टोली बिहीबार राति स्वदेश फर्किएको छ ।
महिला टोलीलाई त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस ख्डका लगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
नेपालले घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको सिरिज ३–२ ले जितेको हो । बुधबार भएको सिरिजको अन्तिम तथा पाँचौँ खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो ।
यसअघिका चार खेलमा नेपालले दुई खेल समान ६ विकेटले जितेको थियो भने मलेसियाले नेपाललाई तीन र १३ रनले हराएको थियो ।