• २४ असोज २०८२, शुक्रबार

सुतेको अवस्थामा पुरुष मृत फेला

blog

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा) असोज २४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका –१, स्थित जोगेनमा सुतेकै अवस्थामा एक पुरुष मृत फेला पर्नुभएको छ । शुक्रबार बिहान करिब ५ बजे मृत अवस्थामा पुरुष मृत फेला पर्नुभएको हो । 

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय पृथ्वीराज राई रहनुभएको छ । उहाँ बिहीबार साँझ खाना खाएर सुत्नुभएको थियो । भोलिपल्ट बिहान राईकी छोरीले मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राईको मृत्युको कारण खुल्न बाँकी छ, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।