• २५ असोज २०८२, शनिबार

आजका लागि विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, असोज २५ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७९ पैसा र बिक्रीदर १६४ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८८ रुपियाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ६८ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ७८ पैसा र बिक्रीदर ९३ रुपियाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०३ पैसा र बिक्रीदर १०१ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ०७ पैसा र बिक्रीदर १०९ रुपियाँ ५३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८८ पैसा र बिक्रीदर १९ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ ०१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५५ पैसा र बिक्रीदर ३८ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५१ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८६ पैसा र बिक्रीदर १४ रुपियाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ १६ पैसा र बिक्रीदर ४६३ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस