मौरी, कमिला र जेनजी
परस्पर... हुबहु
अभिन्न समरूपमा
हुँदै... हुँदै
अझ बढी धेरै... धेरै
अति वेगवान्
हाम्रा यी जेनजीहरू
आज यो उद्घोष गर्छन्
“जनताको आवाज !
भगवान्को आवाज !
सोही अनुरूप
आजको यो
हाम्रो आवाज”
कमिला र मौरीहरू
आफ्नो तौलभन्दा
सयौँ गुणा भारी कुदाउँछन्
कलिला र मलिला
यी प्रेमपात्र जेनजीहरू
आज सिङ्गो देश बोकेर
विश्व हल्लाउने जमर्कोमा
अगाडि... अगाडि
लम्किँदै... लम्किँदै
हाँक दिन्छन्
कोभन्दा, को कम
मौरी, कमिला र जेनजी ।।