मबाट गल्ती हुँदैन सानु पियार लाएँ धरा सजाई
छ देश मेरो असाध्य राम्रो यतै रमाएँ धरा सजाई
अनेकतामा छ एकता नै मिलेर बस्दा समाज जम्छ
रहेछ माटो अनाज फल्ने मनै भुलाएँ धरा सजाई
हिमाल हाँस्दा गुराँस फुल्दा तिमी रमायौ म हुन्छु दङ्ग
अतीव सच्चा छ प्रेमगाथा सबै सुनाएँ धरा सजाई
स्वदेश माया भुलिन्न प्यारी जहाँ म जाऊँ हिसाब हुन्न
झुलेछ बाली मनै रमायो व्यथा बिसाएँ धरा सजाई
बनेर पापी म दिन्नँ धोका भएर ढुक्कै बसे नि हुन्छ
ल दैव भाकी र हात तानी कसम नि खाएँ धरा सजाई