सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण भएको युद्ध सङ्ग्रहालयप्रति आकर्षण बढ्दै गएको छ ।
पछिल्लो एक/दुई हप्तादेखि सर्पदंशका बिरामी बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएको अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले जानकारी दिनुभयो ।
इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म गाजा पट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेमा पारिवारिक स्वास्थ्य विवरण सङ्कलन गर्ने कार्य तीव्र गतिमा चलिरहेको छ ।
रौतहटमा गर्मी बढेसँगै डेङ्गु सङ्क्रमणको जोखिम पनि बढेको छ । पछिल्लो दुई सातामा ५० जनाभन्दा बढी बिरामीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताउनुभएको छ । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकमालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्रतिनिधिसभामा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८१ पेस भएको हो ।
दाङको घोराही उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर पहिचान गर्न अभियान सञ्चालन गरेको छ । पछिल्लो समय महिलाहरूमा बढ्दो पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्यालाई उपचार, रोकथाम गर्दै नियन्त्रण गर्नका लागि उपमहानगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
दैनिक रूपमा वर्षा हुन थालेपछि जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको बैठक बसेर सम्बन्धित निकायहरूलाई सर्तक गराएको छ ।
बर्दिया, कैलाली कञ्चनपुर, दाङ, बाँके, कपिलवस्तु र रूपन्देहीमा जटिल बन्दै गइरहेको सिकलसेल एनिमियाको उपचार गर्न लुम्बिनी प्रदेशमानै पहिलो पटक निर्माण गरिएको १५ शय्याको सिकलसेल एनिमिया अस्पताल बजेट अभावका कारण सञ्चालनमा आउन सकेको छैन ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निरधारित २० ओभर ९ विकेट गुमाउँदै ८० रनमा समेटियो ।
गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताउनुभएको छ ।मङ्गलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्यसंयन्त्रअन्तर्गतका सरोकार भएका पक्षसँगको सहयोग र सहकार्य गरी विपद् न्यूनीकरण तथा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले मुसहर समुदायका ३०/४० प्रतिशत महिलाहरू अहिले पनि नागरिकताविहीनको अवस्थामा रहेको बताउनुभएको छ । यो एउटा गम्भीर समस्या हो, उहाँको भनाइ छ ।
वरिपरि सेता हिमाल । हरियो खर्क, समथर मैदान । वनभरि फुलेका विभिन्न रङका गुराँस फुलले वराहपोखरी तालको सौन्दर्य बढाएको छ । पर्यटकीय गन्तव्यमा प्रख्यात बराहपोखरी लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुलभुलेमा पर्छ ।