पोखरामा यही जेठ ८ गतेबाट सुरू हुने नवौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबलमा १४ टोली सहभागी हुने भएका छन् ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन्। पोखराबाट सुर्खेत जाँदै गरेको ना. ७ ख. ६८४१ नम्बरको बस मङ्गलबार दिउँसो सडकबाट करिब २० मिटर तल खसेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जोखिम न्यूनीकरणका लागि विपद् पूर्वसूचना प्रणाली आवश्यक हुने बताउनुभएको छ। उहाँले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै विपद् जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग सहयोगी हुने बताउनुभएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सवैधानिक परिषद् बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनुभएको छ ।
पोखराबाट सुर्खेत जाँदै गरेको ना. ७ ख. ६८४१ नम्बरको बस मङ्गलबार दिउँसो ४ बजे दुर्घटना भएको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय पुरातत्व दिवस २०२५ को अवसरमा ऐतिहासिक नौ तले दरबार सर्वसाधारणका लागि औपचारिक रूपमा खोलिएको छ । हनुमान ढोकामा मङ्गलबार आयोजित एक विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नौतले दरबारको रिबन काटेर उद्घाटन गर्नुभयो ।
सर्वोच्च अदालते अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ ।
ग्रामीण क्षेत्रमा शान्ति सुरक्षाको अवस्थासँगै नागरिकका आशा अपेक्षा बुझ्न पाँचथर प्रहरीले गस्ती बढाएको छ। २०८१ सालको मङ्सिरदेखि वैशाख मसान्तभित्र जिल्लाका नगर र गाउँ र बस्तीसम्म २२ वटा टोली परिचालन गरेको छ।
पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न छैटौँ पालिका स्तरीय ‘कुम्मायक गोल्डकप’ को उपाधि हिलिहाङ गाउँपालिकाले जितेको छ ।
भारतले मङ्गलबार छिमेकी पाकिस्तानसँग दैनिक सीमा समारोह पुनः सुरु गर्ने बताएको छ । भारतले केही हप्ताअघि आणविक–सशस्त्र प्रतिद्वन्द्वीहरूबिच दशकौँदेखिको सबैभन्दा गम्भीर सङ्घर्षपछि छोटो समयका लागि उक्त समारोह रोकेको थियो ।
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट वा क्षतिग्रस्त भएको घोषणा गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य सङ्ख्यामा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘वित्तीय जानकारी इकाईको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’अनुसार गत वर्ष यस्ता कारोबार तथा गतिविधिबारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब ४९ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैँकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहनुभएको समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य हुनुहुन्छ ।
बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन् ।
नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठोक्किँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।