मुगुमा वर्षेनी कृषि उत्पादन घट्दो क्रममा छ । कृषि विकास कार्यालय मुगुको तीन वर्षयताको तथ्याङ्क हेर्दा जिल्लामा वर्षेनी कृषिको उत्पादन घटिरहेको देखिन्छ ।
देवघाटधाममा विद्युतीय शवदाह गृह सञ्चालनमा आएको छ । देवघाट क्षेत्र विकास समिति, तनहुँको अगुवाइमा सञ्चालनमा ल्याइएको हो ।
बाढीपहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको बिपी राजमार्गमा सवारी सञ्चालनमा आएका छन् । गत शुव्रmबारदेखि बाढीपहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राज
वेदलाई करिब चार हजार वर्षभन्दा पनि पुरानो ज्ञानको स्रोत मानिएको छ । वेद कुनै धार्मिक ग्रन्थ मात्र नभई सामाजिक व्यवस्थाको बौद्धिक दस्ताबेज हो । यसलाई समयको समाज व्यवस्थाले निर्माण गरेको ज्ञानको सङ्ग्रह मान्न सकिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
यहाँको हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिनुभयोे ।
जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ नं. वडा कार्यालयले वनजङ्गल र खोलामा अवैध गतिविधि गर्नेहरू माथि कडाइ गर्ने निर्णय गरेको छ ।
बुटवलको बेलबासदेखि बेथरी हुँदै लुम्बिनी जोड्ने २१ किलोमिटर दुरीको पर्यटन सडक निर्माणमा लापर्बाही गर्ने निर्माण कम्पनीलाई चेतावनी दिएपछि पुनः सडक निर्माणको काम सुरु भएको छ ।
धार्मिक क्षेत्र देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाह गृह सञ्चालनका लागि तयारी अवस्थामा पु¥याइएको छ । शवदाह गृह भवन निर्माण गरिरहेको सघन सहरी तथा भवन
गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने कालीगण्डकी नदी रामनदी (राम्दी) को पुल निर्माण सुस्त गतिमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी निर्माण थालिएको देशकै पहिलो नमुना पक्की पुल सम्झौता समय सकिँदासम्म निर्माण ७५ प्रतिशत मात्रै काम सकिएको हो ।
खाना खाने क्रममा अड्किएर एक वृद्धको ज्यान गएको छ । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर ज्यान गएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी समूहको आन्दोलनले उठाएका सकारात्मक माग र भावनालाई सम्मान गर्दै सुधारको स्पष्ट योजनासहित काम गर्न प्रदेशका सचिवलाई निर्देशन दिनुभएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका बिच्छ्या रुगिनका बाढीपहिरोपीडितको यस पालिको दसैँतिहार त्रिपालमै हुने भएको छ । दसैँ उनीहरूले त्रिपालमै मनाएका छन् भने आउँदो तिहार पनि त्रिपालमै मनाउने भएका छन् । गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले यहाँका झन्डै ४१ घरपरिवार विस्थापित भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
लालीगुराँस कप फुटबल प्रतियोगिताको उपाधी खस्यौली एफसी बुटवल, रुपन्देहीले जित्न सफल भएको छ ।