गाउँघर र लेकाली गोठमा रहेको संस्कृति प्रवर्धन गर्न लमजुङको दोर्दीमा ‘मेमे पोखरी कल्चरल ट्रेल’ सञ्चालनमा ल्याइएको छ । चार हजार चारसय ५६ मिटर उचाईमा हिमालचुली र मनास्लु हिमालको काखमा रहेको पर्यटकीय मेमे पोखरी घुम्नेगरी ‘मेमे पोखरी कल्चरल ट्रेल’ बनाइएको छ ।
सुनसरीको वराहक्षेत्रमा तेस्रो पानी सुल्के (स्टोनस्किपिङ च्याम्पियनसिप) हुने भएको छ ।
बजार तथा ग्रामीण क्षेत्रमा उत्सर्जन हुने फोहाेरमैला सङ्कलन गरेर केन्द्रमा ल्याइन्छ । केन्द्रमा रहेका सफाइकर्मीले कुहिने, नकुहिने र पुनःप्रयोग हुने फोहरलाई छुट्याएर राख्छन् । केन्द्रमा सङ्कलित फोहरलाई वर्गीकरण गरेपछि कुहिने फोेहरबाट कम्पोस्ट मल उत्पादन गरिन्छ भने पुनःप्रयोग गर्न सकिने फोहरलाई कबाडीमा बिक्री गरिन्छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अधिकार सम्पन्न र स्वायत्त निकायको रूपमा आम जनतालाई अनुभूति दिलाउने गरी काम गर्न प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई सुझाव दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
गुल्मीमा नागरिकको सहजताका लागि निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालयबाट समेत मतदाता नामावली दर्ता सुरु गरिएको छ ।
नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा सुरु भएको बैठकमा आज सचिवालका बाँकी सदस्यहरुले धारणा राख्नु हुनेछ ।
डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।
मुस्ताङ घुम्न आउनुभएकी तिलु रानाले परिवारका सदस्य हिमाली भेगको पोसाक बख्खु लगाएर तस्बिर, भिडियो खिच्ने खिचेको १५ सय रूपियाँ तिर्नुभयो ।
बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतलीले ठुलो क्षति पुर्याएको वरपरमा लगाइएको कृषि बालीमा समेत असर पुर्याउने जोखिम बढेको छ ।
धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा भएको आगजनी लगायतका विशेष परिस्थितिका कारण अवरुद्ध भएका न्यायिक सेवाहरू आइतबारदेखि पुनः सञ्चालन गरिएका छन् ।
सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् ।
इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो ।