संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबिच लुम्बिनीसम्बन्धी महत्त्वपूर्ण छलफल भएको छ ।
दाङमा चालु आर्थिक वर्ष २०८१/०८२ को दश महिनामा सङ्घीय सरकारअन्तर्गतको विकास बजेट ३५ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म कुल पुँजीगत बजेट चार अर्ब ५० करोड ३० लाख ४७ हजार रुपियाँमध्ये ३५ प्रतिशत अर्थात एक अर्ब ६१ करोड १७ लाख ५१ हजार पाँच सय ५८ रुपियाँ खर्च भएको हो ।
सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका नौ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–१४ तल्लो रानीवासमा बिहीबार सवारी दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् ।
रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताउनुभएको छ ।
चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ शय्याको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ ।
बुधबार राति १० बजेदेखि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–पाँचथर खण्ड करिब १२ घण्टापछि सुचारु भएको छ । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमाना भई बग्ने हेवाखोलामा रहेको ह्युमपाइप बाढीले बगाएका कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको हो ।
नेपालमा विगत १० वर्षमा मनसुनजन्य आठ हजार चार सय ४१ घटना भएकका छन् । बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो ।
घरदेखि टाढाको विद्यालय जार्नुपर्ने बाध्यताले पढाइनै छोड्नु पर्ने अवस्था रहेको रौतहटको अति विपन्न दलित वर्गका छात्रा साइकल उपहार पाएपछि खुसी भएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ ।
भरतपुर विमानस्थलमा बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले सफल अवतरण गरेको छ । १२ सय मिटर लामो धावनमार्गमा ७२ सिट क्षमता भएको जहाजले बिहीबार बिहान काठमाडौँ भरतपुर परीक्षण उडान गरेको हो ।
बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।
पढाईमा अब्बलतासँगै चर्चित छ, गणेश माध्यामिक विद्यालय । अन्यत्रका धेरै सामुदायिक विद्यालय खाली हुँदै गर्दा यहाँ भने विद्यार्थीको भिड देखिन्छ ।
बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो ।