सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरूले दामोदर हिमश्रृङ्खला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन्।
फ्लोरिकल्चर एसोसिएसन नेपालले आइतबार पत्रकार सम्मेलन गर्दै असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुन लागेको जानकारी गराएको छ ।
सुदूरपश्चिम प्रदेशमा ऐन, कानुन बनाउँदा स्पष्ट नीतिबिना अघि बढ्दा कार्यान्वयनमा समस्या देखिएको प्रदेशसभाका सदस्य र सरोकारवालाहरूले बताएका छन् ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
पछिल्लो समय बागलुङमा डेङ्गी सङ्क्रमण बढेको छ । धौलागिरि अस्पतालसहित गलकोट र बुर्तिवाङमा उपचारमा गएका अधिकांशमा डेंगी संक्रमण देखिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताउनुभएको छ । विभागको अनुगमन निरीक्षणपछि आज आयोजित कार्यक्रममा उहाँले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नुपरेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिनुभयो ।
रसुवागढी जलविद्युत कम्पनीमा कार्यरत स्काभेटर चालक कालिका गाउँपालिका–३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको छ।
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले हुम्ला स्थायी निवासी आदिबासी जेनजी समूहकी सदस्य टासी ल्हाजोममाथि लगाइएको आरोपप्रति आपत्ति जनाएको छ ।
नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
नेपाल सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि नयाँ मतदाता नामावलीमा नाम समावेश गराउन १८ वर्ष उमेर पुगेका युवाहरु उत्साहित देखिएका छन् ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा केही बेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।
संयुक्त अधिराज्य बेलायतमा आयोजित अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्याब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।
बङ्गलादेशमा कात्तिक ५ देखि ११ गतेसम्म आयोजना हुने काभा मेन्स नेसन्स कप २०२५ को लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भइएको छ ।
धनुषाको मिथिला नगरपालिकाका शिक्षक तलब भत्ता माग गर्दै आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।
स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि पर्सा जिल्लाको १४ पालिकामा एकै पटक हैजा रोगको महामारीविरूद्ध प्रतिकार्य खोप अभियान सञ्चालनमा ल्याएको छ।