राष्ट्रिय युवा सङ्घ नेपालको पोखरामा हुने १० औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। नेकपा (एमाले) निकट युवा सङ्घको १० औँ महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुँदै छ।
ताप्लेजुङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको सिदिङवा गाउँपालिका वडा नं. ६ स्थित मेहेलेको फावा खोलाले बगाउँदा मेहेले निवासी विष्णु माया लिङ्देनको मृत्यु भएको हो।
गोरखापत्र संस्थानले प्रशासन विभागअन्तर्गत सामान्य प्रशासन शाखा प्रमुख सचु सेन शाहलाई उमेर हद ५८ वर्ष पुगेकाले बिदाइ गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सुन्तला पकेट विकास कार्यक्रम सुरु गरिएको छ। पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा नयाँ सुन्तलाजात पकेट विकास कार्यक्रम सुरु गरिएको हो।
भारतीय हक्की सङ्घले नेपाल हक्की सङ्घलाई सहयोग स्वरूप खेल सामाग्री बिहीबार हस्तान्तरण गरेको छ ।
विभागीय टोली नेपाल एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल सङ्घले पोखरामा बिहीबारदेखि सुरु भएको नवौं प्रधानमन्त्री कप एनभिए लिगको लिगको पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताउनुभएको छ ।
सेभियाको घरेलु मैदानमा बुधबार राति भएको फाइनलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हराउँदै च्याम्पियन बनेको हो ।
मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिलअलि मिया र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई फिर्ता गर्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिनुभयो।
मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र मल्लसहित ११ जनाविरुद्ध २३ लाख २२ हजार ८३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबारको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक (२०८२/२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।
संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणको ६५ वर्ष वर्षको अवधिमा ६ सय ८० जना पर्वतारोही धौलागिरिको शिखरमा पुगेका छन्। धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा पर्दछ।