जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय तनहुँको सेवा पुनः सुचारु गर्न तनहुँ उद्योग वाणिज्य संघले सहयोग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डिराज दाहाललाई रु एक लाखभन्दा बढी घुससहित नियन्त्रणमा लिएको छ ।
नेपालको पूर्व क्षेत्रमा बसोबास गर्दै आएको लिम्बू समुदायले करिब दुई वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएको छ । आफ्नो संस्कृतिको संरक्षण गर्न र इतिहासलाई जीवित राख्न लिम्बू समुदायले निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएको हो ।
पाँचथरको फिदिम–फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ ।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार सोमबार सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ ।
डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित, पारदर्शी, समावेशी र दिगो बनाउन नेपाल राष्ट्र बैङ्कले ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ निर्माणको खाका सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।
गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ ।
गोरखापत्रका पत्रकार तारा हमाल ढुङ्गाना (चाँदनी) का ससुरा अक्षकुमार ढुङ्गानाको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । लामो समयदेखि पेटसम्बन्धी समस्याबाट पीडित ढुङ्गानाको आफ्नै निवास कालिका नगरपालिकास्थित न्युरेनीमा निधन भएको हो ।
सरकारले स्वीकृत मापदण्डविपरीत बहालवाला र पूर्वपदाधिकारी (पूर्वभिआइपी तथा भिभिआइपी) का नाममा अनधिकृत रूपमा खटाइएका २७१ अतिरिक्त सुरक्षाकर्मी फिर्ता गरेको छ ।
विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिच अन्ततः युद्धविराम भएको छ । अमेरिकी सरकारको विशेष पहलमा भएको युद्धरत पक्षबिचको वार्ता सफल भएसँगै शुक्रबारदेखि युद्धविराम हुँदा मध्यपूर्वलगायत विश्वभर खुसी सञ्चार भएको छ ।
इजिप्टमा आज (सोमबार) शान्ति शिखर सम्मेलन हुँदै छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजिप्टका समकक्षी अब्देल फताह अल–सिसीले सार्म अल–सेखमा हुने गाजा शान्ति शिखर सम्मेलनको अध्यक्षता गर्दै हुनुहुन्छ । शिखर सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिवसहित विश्वभरका नेताले पनि भाग लिने कार्यक्रम छ ।
इजरायलले गाजामा बन्धक बनाइएका सबै बन्धक देश आइपुगेको पुष्टि भएपछि प्यालेस्टिनी कैदीलाई रिहा गर्न सुरु गर्ने प्रधानमन्त्रीका प्रवक्ताले आइतबार बताएका छन्।
नेकपा (एमाले) ले पार्टीको ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।