• २७ असोज २०८२, सोमबार

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

blog

काठमाडौँ, असोज २७ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६० पैसा र बिक्रीदर १४२ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५४ पैसा र बिक्रीदर १६५ रुपियाँ २४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपियाँ १७ पैसा र बिक्रीदर १८९ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ १९ पैसा र बिक्रीदर १७७ रुपियाँ ९४ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ६४ पैसा र बिक्रीदर ९२ रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०९ पैसा र बिक्रीदर १०१ रुपियाँ ५२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा र बिक्रीदर १०९ रुपियाँ ६४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८४ पैसा र बिक्रीदर १९ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ७५ पैसा र बिक्रीदर ३७ रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ८५ पैसा र बिक्रीदर ३९ रुपियाँ ०१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३३ पैसा र बिक्रीदर चार रुपियाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपियाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५१ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९१ पैसा र बिक्रीदर नौ रुपियाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ८९ पैसा र बिक्रीदर १४ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०४ पैसा र बिक्रीदर २२ रुपियाँ १३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २० पैसा र बिक्रीदर १८ रुपियाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ८० पैसा र बिक्रीदर ४६३ रुपियाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७७ रुपियाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ७७ पैसा र बिक्रीदर ३६९ रुपियाँ ३३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस