अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका २४ जना घाइते विभिन्न आठ अस्पतालमा उपचाररत छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करार सेवामा रहेका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसका युवा नेता राज थेबेले ताप्लेजुङको सिरिजंघा गाउँपालिका– २ आम्बेगुदिनस्थित भगवती आधारभूत विद्यालयलाई एक लाख रुपियाँ सहयोग गर्नुभएको छ।
नेपालको पूर्व क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू समुदायले करिव दुई वर्ष पुरानो इतिहास बोकेको ऐतिहासिक निसान प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।
सुनसरी जिल्लाको कोशी गाउँपालिका–१ मेहता टोलबाट प्रहरीले पटका बरामद गरेको छ।
उत्तरी ध्रुवबाट दक्षिण झरेका प्रवासी चरा कर्याङकुरुङ सारस (डेमोइसेल्ला क्रेन) कैलालीमा रमाउन थालेका छन् ।
शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो बस्तीबाट देखिएको गाङताईकातोङ हिमाल ।
जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–४, कुमाल टारको खेतमा धानको बिटो उठाएर कुनिउँ लगाउँदै किसान ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता भलनाथ खनालले सबै राजनीतिक दलमा पुनर्गठन र रूपान्तरण आवश्यक रहेकामा जोड दिनुभएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्सको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ४१ रनको लक्ष्य दिएको छ ।
तीन वर्षअघि एन्फामा पङ्कजविक्रम नेम्वाङ अध्यक्ष चुनिएर आएपछि नेपाली फुटबल कमजोर बनेको छ । फुटबलका गतिविधि अन्त्य गरेर एन्फा नेतृत्व जिल्ला र प्रदेशका प्रतिनिधिलाई विदेश भ्रमण गराउने र आगामी निर्वाचनमा फेरि आफ्नो पकड जमाउने अभियानमा लागेका छन् ।