म्याग्दीको रघुगङ्गा गाउँपालिका ५ झिँ गाउँमा खेत जोत्दै गरेका कृषक । पृष्ठभूमिमा देखिएको धौलागिरी हिमश्रृङ्खला ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार १४ वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलको निरीक्षण गर्नुभएको छ ।
मेची राजमार्ग अवरुद्ध भएको सात दिन बित्दा पनि सडक सुचारु हुन नसकेपछि सडक डिभिजन कार्यालय इलामले त्यसको विकल्पमा सिमल गोलाई–तिल्केनी सडक खोल्ने तयारी गरेको छ ।
सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ ।
विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदकधारी केन्याका जोन केलाई एक खेलकुद प्रतियोगितामा सहभागी हुन नेपालगञ्ज आइपुग्नुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-७ मा अवस्थित देवथली दह र पृष्ठभूमिमा हिमशृङ्खला ।
बाँके प्रहरीले गत आर्थिक वर्ष २०८१–८२ भित्र हातहतियारका घटनामा ९ जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले सोही बर्षको फरक समयमा भरुवा बन्दुक ४ थान, म्याग्जिन १ थान, गोली १ थान, खोका १ थान, नाल ४ थान, गज १ थान, केप ९६ वटा, वारुद १ डिब्बा लगायत हातहतियार बनाउन प्रयोग हुने धातुजस्ता सामग्रीहरु बरामद गरेका हो ।
जिल्लाको पैँयु र विहादी गाउँपालिकाका विभिन्न वडामा धानबालीमा फड्के कीराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ ।
रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ प्रालिका सञ्चालक अजित कुमार कर्णविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको छ ।
जेनजी आन्दोलनपछि नेकपा (एमाले) दाङले पहिलो पटक दाङको घोराहीमा खबरदारी सभा सुरू गरेको छ । सुशासन लागु गरौँ, व्यवस्था व्यवस्था सबल गरौ, लुटिएको हतियार फिर्ता गर, संविधानको रक्षा लोकतन्त्रको रक्षा, किसानको माटो खोस्ने निर्णय बन्द गर लगायत नारासहित खबरदारी सभा सुरुभएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार शनिवार र आइतवार कमल गाँउपालिका र दमक नगरपालिकामा बन्दुक र गोली फेला परेको हो ।
असोज १८ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा इलामको माईजोगमाई गाउँपालिकाले सर्वसाधारणको घर–घरमै स्वास्थ्य सेवा दिन थालेको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्कर ओझा निर्वाचित हुनुभएको छ । आफ्नो प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतले पराजित गरी उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।
सरकारले आइतबार (असोज २६ गते ) देखि पर्सा जिल्लामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आइतबारदेखि जिल्लाको सबै पालिकामा हैजा रोगविरुद्धको खोप अभियान सुरु गरेको जानकारी दिनुभयो ।