सन्तोष दहित
दाङ, असोज २६ गते । जेनजी आन्दोलनपछि नेकपा (एमाले) दाङले पहिलो पटक दाङको घोराहीमा खबरदारी सभा सुरू गरेको छ । सुशासन लागु गरौँ, व्यवस्था सबल गरौँ, लुटिएको हतियार फिर्ता गर, संविधानको रक्षा लोकतन्त्रको रक्षा, किसानको माटो खोस्ने निर्णय बन्द गर लगायत नारासहित खबरदारी सभा सुरु भएको हो ।
सार्वजनिक सम्पत्ति, कार्यालय, निजी निवास, व्यवसायमा हुने आगजनी, तोडफोड र लुटपाटजस्ता आपराधिक गतिविधिविरुद्ध जनचेतना अभिवृद्धि गर्न खबदारी सभा गर्न लागेको नेकपा (एमाले) दाङले जनाएको छ। वर्तमान राजनीतिक परिस्थितिले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने खतरा बढेको भन्दै त्यसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले खबरदारीसभा गरिएको नेकपा (एमाले) दाङ जनसङ्गठन समन्वय संयन्त्रका संयोजक मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।