नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु भक्तपुरमा सुरु भएको बैठकमा आज सचिवालका बाँकी सदस्यहरुले धारणा राख्नु हुनेछ ।
डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।
मुस्ताङ घुम्न आउनुभएकी तिलु रानाले परिवारका सदस्य हिमाली भेगको पोसाक बख्खु लगाएर तस्बिर, भिडियो खिच्ने खिचेको १५ सय रूपियाँ तिर्नुभयो ।
बबई गाउँपालिकाभित्र रहेका सामुदायिक वनमा पुतलीले ठुलो क्षति पुर्याएको वरपरमा लगाइएको कृषि बालीमा समेत असर पुर्याउने जोखिम बढेको छ ।
धनकुटाका दुई पालिकाले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेको छ । महालक्ष्मी नगरपालिका र छथरजोरपाटी गाउँपालिकाले स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य अस्थायी र करार सेवामा कार्यरत कर्मचारीको नियुक्ति र सम्झौता रद्द गरेका हुन् ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा भएको आगजनी लगायतका विशेष परिस्थितिका कारण अवरुद्ध भएका न्यायिक सेवाहरू आइतबारदेखि पुनः सञ्चालन गरिएका छन् ।
सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५, मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौँ पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ ।
बाँकेमा विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु भएपछि हालसम्मको अवधिमा चार सय १५ जना नयाँ मतदाता थपिएका छन् ।
इजिप्टको लोकप्रिय पर्यटकीय सहर शार्म अल–शेख नजिक आइतबार बिहान भएको भीषण सवारी दुर्घटनामा तीन जना कतारी कूटनीतिज्ञको निधन र दुई जना घाइते भएका छन् । उक्त घटनाको पुष्टि खाडी मुलुक कतारको इजिप्टस्थित दूतावासले गरेको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ ।
मिथिलाको परम्परा, सौन्दर्य र सौभाग्यसँग जोडिएको लाहाको चुराको माग त बढ्दो क्रममा छ, तर यसलाई बनाउने कारीगर भने घट्दै गएका छन् ।
गुल्मीमा पछिल्लो समय कलात्मक फल्चा निर्माणको आकर्षण बढ्दै गएको छ ।
गुल्मीको रुद्रवेणी-वामी टक्सार सडक अवरुद्ध भएको छ।
जुम्लामा किसानहरूले ‘मार्सी धान’ काट्न सुरू गरेका छन् । दसैँ सकिएसँगै किसानलाई धान भित्र्याउने चटारो सुरु भएको हो ।
बाँकेको नेपालगन्जका विभिन्न सार्वजनिक स्थलमा पैसा माग्ने (मागेर जीविका चलाउने)का कारण दैनिक यात्रा गर्ने यात्रुहरुलाई असहज भएको छ ।