सुनसरीको कोशी गाउँपालिका– १ लौकही सिमानाकाबाट सशस्त्र प्रहरीले तीन लाख रुपियाँ बराबरको पटका नष्ट गरेको छ ।
गत शुक्रबारको तुलनामा सुनको मूल्य तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि ४० ले वृद्धि भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको चिदीचौर खेल मैदानमा खाल्टा पारेर छाडेको लामो समय हुँदा पनि सरोकारवाला निकाय मौन रहेका छन् ।
चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।
इलामको सूर्योदय नगरपालिकाले यही असोज १८ गते आएको बाढीपहिरोपछि उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा नमुना काम गर्दै आएको छ ।
वीरगञ्ज (पर्सा), असोज२६ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु. ११ अर्ब १८ करोड सङ्कलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा रु. २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिनुभयो । “यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने रु. छ अर्ब १४ करोड अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ । त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने रु. दुई अर्ब ५४ करोड अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा छ । सबै प्रकारका कपडाबाट रु. एक अर्ब ९८ करोड अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा रु. ३९ अर्ब १५ करोड राजस्व सङ्कलन गरेको छ । रासस
नवलपरासी पश्चिमस्थित प्रतापपुर गाउँपालिकाले गाउँपालिका र गाउँपालिका अन्तर्गतका सबै कार्यालयहरुमा रहेका अस्थायी, करार तथा दैनिक ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरुको नियुक्ति र करार सम्झौता रद्ध गर्ने निर्णय गरेको छ ।
हिन्दु धर्मालम्बीहरुको दोस्रो महान पर्व दीपावली नजिकिँदै गर्दा राजविराज बजारमा उत्सवको चहलपहल सुरु भइसकेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज काठमाडौंको सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रशारण विभाग र पत्रकार न्यूनतमक पारिश्रमिक निर्धारण समितिको स्थलगत भ्रमण गरिरहनुभएको छ ।
विदेशमा वर्षौँ पसिना बगाएर फर्किएका जिल्लाका धेरै युवा अहिले आफ्नै गाउँमा कृषिमा जोडिन थालेका छन् । रोजगारीको विकल्पका रूपमा कृषिलाई आत्मसात् गर्न थालेपछि गाउँघरमै नयाँ आशा पलाएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आदिवासी जेनजी समूहको तर्फबाट मन्त्रीमा सिफारिस हुनुभएकी टासी ल्हाजोम तामाङको बारेमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा गरिएको गलत प्रचारप्रति आदिबासी जेनजी समूहले आपत्ति जनाएको छ ।
पछिल्लो समयमा आएर बाँकेमा कालिजको माग बढ्दै जाँदा कालिजपालनमा लागेका किसान उत्साहित बनेका छन् । माग पूरा गर्न उनिहरुलाई भ्याइनभ्याई छ ।
म बसिरहेछु आफ्नै कोठाको झ्याल सामुन्ने । मौसम धुम्म छ । मन पनि धुम्मिएको छ । पर आकाशमा फरर पखेटा चल्दै केही चराहरू उड्दै छन् । आफ्नो
सिमकोट गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ । गत असोज यही असोज २४ गते चङ्खेली गाउँपालिका– ४ को देशी खोलामा आफ्नो कर्मचारीको जिप दुर्घटनामा परि निधन भएकोमा गाउँपालिकाले शोक बिदा दिएको हो ।
राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए ।