• २७ असोज २०८२, सोमबार

विद्यालयलाई एक लाख रुपियाँ सहयोग

blog

ताप्लेजुङ, असोज २६ गते। नेपाली कांग्रेसका युवा नेता राज थेबेले ताप्लेजुङको सिरिजंघा गाउँपालिका– २ आम्बेगुदिनस्थित भगवती आधारभूत विद्यालयलाई एक लाख रुपियाँ सहयोग गर्नुभएको छ।

युवा नेता थेबेले विद्यालयका प्रधानाध्यापक शान्तिराज कार्की र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरबहादुर कुँवरलाई विद्यालयको अक्षयकोषमा जम्मा गर्नेगरी एक लाख रुपियाँ हस्तान्तर गर्नुभएको हो। 

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, पोसाक तथा कम्प्युटर मर्मतका लागि अक्षयकोषमा जम्मा गरिएको रकम प्रयोग गरिने छ।

उहाँले बाल्यकालमा आफूले अध्ययन गरेको विद्यालयको स्तरोन्नतिका लागि आर्थिक सहयोग गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “यही विद्यालयमा अध्ययन गरेर अघि बढ्दै जाँदा महत्त्वपूर्ण जिम्मेवारीमा पुग्ने अवसर प्राप्त भयो। गाउँदेखि देश बुझ्ने अवस्थामा पुग्न सकियो। त्यसैले विद्यालयलाई आर्थिक सहयोग गरेको हुँ।”

विद्यालयका प्रधानाध्यापक कार्कीले विद्यालयको अध्ययनस्तर बृद्धि गर्न, विद्यार्थीलाई अब्बल बनाउन र अध्ययनको वातावरण तयार गर्न पूर्वविद्यार्थीको सहयोग र सुझाव महत्त्वपूर्ण हुने बताउनुभयो।