गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् ।
यही असोज १७ देखि २६ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक प्राप्त गरी स्वर्ण पदक जितेको लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहले जानकारी दिनुभयो । ३३ देशका ११७ टिम सहभागी उक्त प्रतियोगितात्मक अभ्यासमा नेपाली सेनाले यसबर्ष स्वर्ण पदक प्राप्त गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ ।
प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ ।
भोजपुरमा काठका विभिन्न घरेलु भाँडाकुडा बनाउने परम्परागत ‘चुदारा पेसा’ को अस्तित्व सङ्कटमा परेको छ । नयाँ पुस्ताले पेसाप्रति चासो नदेखाउँदा र बजारमा प्लास्टिक तथा धातुका सामग्रीको प्रयोग बढ्दै जाँदा यो पूर्खौली सीप हराउने अवस्थामा पुगेको हो ।
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले पनि करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ ।
सुर्खेतको लेकबेँसी नगरपालिका–९ को चौरासेको राउटे बस्तीमा मदिरा सेवन गरी होहल्ला गर्ने एक युवकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले ती युवकमाथि अनुसन्धान गरिरहेको छ । शुक्रबार राति राउटे समुदायको बस्तीमा मदिरा सेवन गरी एक युवक प्रवेश गरेका थिए । बस्तीमा होहल्ला गरेपछि राउटे समुदायका युवाले ती युवकलाई नियन्त्रणमा लिएर शनिबार बिहान प्रहरीको जिम्मा लगाएका थिए ।
जेनजी समूहको आन्दोलनमा निस्केका हुम्लाका एक जना युवक हालसम्म बेपत्ता छन् । जिल्ला नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्थायी घर भएका हाल काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सर्पको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ मोहनपुर घर भएका ७२ वर्षीय विन्देश्वर यादवको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
जुम्लामा एयरलाइन्सका प्रतिनिनिधहरूले हवाई टिकट वितरणमा मनपरी गर्ने गरेको पाइएको छ । एयरलाइन्सका कर्मचारीले टिकट वितरण आफू निकटहरुलाई वितरण गर्दै आएको पाइएको हो ।
असोजको मध्यपछि बर्सातको चपेटाले देशका धेरै भागलाई क्षतिग्रस्त बनायो ।
विसं २०८२ कात्तिक २१ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपियाँ पुगेको थियो । रुपियाँको अवमूल्यनले सुनको मूल्य बढ्छ । सुनको मूल्य बढ्नु पनि अर्थतन्त्रसँग सम्बन्धित हुन्छ ।
शान्ति र विकास एक सिक्काका दुई पाटा जस्तै हुन् । जहाँ शान्ति हुन्छ, त्यहाँ विकास हुन्छ ।
इजरायलले अझै जीवित रहेको विश्वास गर्ने २२ जना बन्धकमध्ये एकमात्र गैर–इजरायली नेपाली नागरिक विपीन जोशी पनि रहनुभएको छ । उहाँको कथा अहिले पनि इजरायल र नेपाल दुवै देशमा पीडा र आशाको प्रतीक बनेको छ ।