विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-२, मोथियाहीमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका –३, हाडहाडेका युवा भविन्द्र घर्तिमगरको फर्ममा फूलको ठुलो बगैँचा छ । उहाँले दुई वर्षदेखि फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । दसैँबाट छिटफुट फूल बेच्न सुरु भएको उहाँको भनाइ छ ।
वडा स्तरमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्यमा ३२ सय बढीले आफ्नो विवरण प्रविष्ट गराउनुभएको छ ।
यहाँका स्थानीय तहमा रहेको न्यायिक समितिले दुवै पक्षको जित हुनेगरी मुद्दा टुङ्ग्याउने कार्यलाई प्राथमिकतामा राखेको छ । जिल्लाका नगरपालिका र गाउँपालिकामा रहेका न्यायिक समितिले मेलमिलापका माध्यमबाट मुद्दाको किनारा लगाउँदै आएको छ ।
दीपावली र छठ पर्व नजिकिँदै गर्दा धनुषाको क्षरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका कुम्हार समुदाय दियो लगायत माटोको भाँडा बनाउने काममा व्यस्त भएका छन् ।
स्क्रब टाइफस र उच्च ज्वरोका कारण सल्यानमा दुई जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसीको स्क्रब टाइफसका कारण र दार्मा गाउँपालिका –३ दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको उच्च ज्वरोका कारण मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
बेनी नगरपालिका–४ मा रहेको सिङ्गा तातोपानीका होटल तथा घरबास ‘होमस्टे’ केही दिनयता भरिभराउ भएका छन् । तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका हुन् ।
मुगुको छायानाथरारा नगरपालिकाले नगरक्षेत्रभित्र रहेका कृषक तथा व्यवसायीलाई प्लास्टिकजन्य माला र कृत्रिम फूल सजावट सामग्री बिक्री नगर्न अनुरोध गरेको छ ।
तिहार र दिपावली सुरु भइसकेकाले बाँकेका कुम्हाल समुदाय यति बेला माटोका दियो लगायतका भाडा बनाउन व्यस्त छन् । उनिहरुलाई अहिले भाडा बनाउन भ्याइनभ्याई छ ।
नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरू पछिल्ला केही वर्ष यतादेखि विस्थापित हुने क्रममा रहेका छन् । भारतबाट आउने अवैध प्लाष्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरु क्रमशः विस्थापित हुँदै गएका हुन् ।
दशरथचन्द नगरपालिका–५ साजिबाटामा निर्माणाधीन स्वास्थ्यचौकी भवन छ वर्षदेखि अधुरो अवस्थामा छोडिँदा स्थानीयवासी मारमा परेका छन् । निर्माणकार्य रोकिएपछि भवन परिसर झाडी र बोटबिरुवाले ढाक्न थालेको स्थानीयले बताएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु. दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुनेछ ।
नवलपरासी पश्चिमका २६ हजारभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी यतिबेला निराश भएका छन् ।
इजरायल र हमासबीच युद्धविराम भएसँगै गाजामा बन्दी बनाइएका जीवित बन्दीमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन ।