हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् ।
सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले मुलुकको समृद्धिका लागि शान्तिसुरक्षा अनिवार्य रहेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको केन्द्र मौवा फाँटमा निःशुल्क रूपमा समुदायबाट जग्गा व्यवस्थापन भएपछि पालिकाको प्रशासकीय भवन निर्माण सुरु गरिएको हो ।
अघिल्ला वर्षमा यतिबेला तीनजुरे मिल्के जलजले क्षेत्र गुराँसले ढाकेर ढकमक्क हुन्थ्यो । जता हेरे पनि रातै देखिन्थ्यो । पर्यटकको ताँती लाग्ने गथ्र्यो तर यो वर्ष अघिल्लो वर्षको तुलनामा गुराँस कम फुलेको छ ।
लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् ।
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ ।
बर्सेनि बढ्दो जलवायु असरबारे नेपालका हरेक घरपरिवारले थाहा पाउनुपर्ने शुक्रबार इलाममा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
आयुर्वेद चिकित्सा पद्धतिप्रति जनआकर्षण बढ्दै गएको जनाउँदै शिवसताक्षी नगरपालिकाले नगरबासीका लागि आयूर्वेद उपचार सेवा निःशुल्क गरेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले आयुर्वेद औषधालयमार्फत उपचार गराउँदा कुनै शुल्क नलाग्ने बताउनुभयो ।
गत साउनयता १० महिनामा विश्वमा दुर्लभ मानिएका ३१ वटा एकसिङे गैँडा मरेका छन् ।
धार्मिक पर्यटकीय क्षेत्र हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाम पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । रत्नावली, कर्णावती र कौशवाही नदीको सङ्गम त्रिवेणीधाम अहिले आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नेपाल–चीन सिमानाको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका ठप्प भएको तीन साता भइसकेको छ । बर्खायाम सुरु नहुँदै नाका ठप्प भएपछि व्यापारीमा निराशा थपिँदै गएको छ ।
सुदूरपश्चिम प्रदेशको बेरुजु रकम दुई अर्ब ९८ करोड ४० लाख २० हजार रुपियाँ पुगेको छ ।