प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बस्यो ।
चाडपर्व खर्च, पोशाक र महङ्गी भत्ता माग्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत करार सेवाका कर्मचारी आन्दोलित भएका छन् ।
सञ्चार तथा सूचनामन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन सोमबार फिर्ता लिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम सफल हुन नसकेको बताउनु भएको छ ।
सिन्धुलीको जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको श्री नं. ९ बाहिनी अड्डामा सञ्चालित सैन्य आधारभूत तालिम लिई रहेका १०२ जना सैन्यजवान सोमबार एक समारोहबिच सिपाही दर्जामा पदोन्नति भएका छन् ।
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्धकको रिहाइमा महत्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यका प्रयासमा योगदान पुर्याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
धेरै सम्भावना रहेको लट्टे खेती जिल्लाबाटै लोप हुने अवस्थामा पुगेको छ । किसानले यो बालीको खेती गर्नै छोडेपछि लट्टे खेती हराउने अवस्थामा पुगेको हो ।
अस्ट्रेलियामा गरिबीमा जीवनयापन गर्ने जनसङ्ख्या सन् २०२४-२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो ।
आन्तरिक पर्यटनलाई बढावा दिँदै कलाकार मनोज गजुरेलले विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको पदयात्रा पूरा गर्नुभएको छ ।
दोस्रौ संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) का लागि पाँच सय १२ स्वदेशी खेलाडीको नाम दर्ता भएको छ ।
बागलुङमा डेङ्गुको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ ।
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आइतबार दर्शनार्थीको भिड लागेको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको रुपमा परिचित मुक्तिनाथमा दसैपछि घुम्न आउने पर्यटकको भिड लाग्ने गरेको छ । तस्बिरः अर्जुन कार्की
न्युजिल्यान्ड सरकारले सन् २०१७ को आधार वर्ष मानेर सन् २०५० सम्म कृषि क्षेत्रबाट निस्कने मिथेन ग्यास उत्सर्जनलाई १४ देखि २४ प्रतिशतसम्म घटाउने लक्ष्य सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पार्टीका विभिन्न निकायमा युवा विद्यार्थीको ४० प्रतिशत सहभागिता सुनिश्चित गराउन माग गरेको छ ।