सङ्घीय राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको त्रिभुवन राजपथको नागढुङ्गा–पिपलामोड खण्ड १५ दिनका लागि आंशिक बन्द हुने भएको छ । जेठ १० देखि २५ गतेसम्म बिहान साढे दस बजेदेखि अपराह्न तीन बजेसम्म आंशिक बन्द हुने नागढुङ्गा–मुग्लिङ सडकखण्ड विस्तार आयोजना (पूर्वी खण्ड) ले जनाएको छ ।
छाप्न बाँकी रहेका २८ लाख सवारी चालक अनुमतिपत्रको छपाइ अब सुरक्षण मुद्रण केन्द्रले गर्ने भएको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था विभाग र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सुक्षण मुद्रण केन्द्रबिच समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समग्र पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आमसञ्चार विधेयक ल्याउने तयारी मन्त्रालयले गरेको बताउनुभएको छ ।
सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोशी स्टोरेज कम डाइभर्सन आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) का लागि ड्रिलिङ कार्य अघि बढाएको छ । आयोजनाका निमित्त प्रमुख सहदेव थापाका अनुसार कोशी उच्च बाँध निर्माण कार्य अघि बढाउनका लागि विस्तृत अध्ययनको कार्य आरम्भ गरिएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटबाट शनिबार देखिएको सेती मादीनदी सगमस्थल, दमौली बजार र आसपासका दृश्य ।
अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजार भन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको साहित्यकार कल्पना रिजालको उपन्यास ‘डाँफे’को आज यहाँ विमोचन गर्नुहुँदै उहाँले पाठक हुन नसक्ने व्यक्ति लेखक बन्न नसक्ने बताउनुभयो। लेख्नका लागि धेरै पढ्नुपर्ने र अरुले लेखेको नपढी लेख्ने साहित्कार सफल हुननसक्ने मन्त्री पन्तको भनाइ थियो।
गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताउनुभएको छ ।
शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबिच झडप भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।
गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जलस्रोतको धनी देश नेपालमा पिउने पानीको अभाव हुनु चिन्ताको विषय भएको भन्दै पानीको व्यवस्थापनमा तीन तहका सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक रहेको बताउनुभएको छ।
विश्वव्यापी रुपमा मान्यता प्राप्त शैक्षिक कार्यक्रम युसिमास (युनिभर्सल कन्सेप्ट अफ मेन्टल अर्थमेटिक्स सिस्टम) नेपालका १३ औं राष्ट्रिय अबाकस तथा मानसिक गणित प्रतियोगिता शनिबार राजधानीमा सम्पन्न गरेको छ।
अपाङ्ग सेवा संघ पाँचथरले फिदिम नगरपालिका भित्रका १४ जना अपाङ्गता भएका नागरिकलाई कुचो बाट्ने तालिम दिएको छ।