सर्लाहीको उत्तरपूर्वी चुरे भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, घारीबथानस्थित बाँकेखोलामा खानेपानी खसालिएको छ ।
रौतहटको माधवनारायण नगरपालिका–८ मा वडा कार्यालयको भवन बनेपछि सेवा प्रवाह सहज भएको छ ।
बारबर्दिया नगरपालिका–११, जब्दी गाउँका ५८ वर्षीय भग्गु थारू आफ्नो घरअगाडिबाट यातायात सञ्चालन हुने भएपछि निकै खुसी हुनुभएको थियो तर उहाँको खुसी धेरै दिन टिक्न पाएन ।
नेपालगन्जमा रहेका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्यजन्य फोहोर जथाभाबी फाल्दा र सामान्य फोहोरमा सो फोहोर मिसाउँदा सरसफाइकर्मी सङ्क्रमणको अत्यधिक जोखिममा रहेका छन् । नेपालगन्ज उपमहानगरका विभिन्न शाखाका संयोजक र अस्पताल तथा स्वास्थ्य संस्थाको सहभागितामा सम्पन्न भएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो जोखिम औँल्याएका हुन् ।
सानो सानो एकैनासका घर लहरै एउटै लाइनमा छन् । खरले छाएको तर छाना कुहिएर पानी चुहिने भएको छ । माटाको भित्ताले बेरिएको घरका भित्ता भ्वाङ परेका छन् । आँगन घाँस र झाडीले भरिएको छ ।
विश्व बैङ्कको सहयोगमा सञ्चालित गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न १३ वटा सडक निर्माणको काममा ढिलासुस्ती भएको छ । पछिल्लो तीन महिनायता सडक निर्माणको काम ढिलो हुँदा आफूहरूले दैनिक धुलो र धुवाँको सास्ती खेप्नु परेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
धरान उपमहानगरपालिका–१४ का सन्तोष लामिछाने रुद्राक्षको व्यवसायबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले धरान–१४ स्थित पिण्डेश्वरी मन्दिर परिसरमा विगत पाँच वर्षदेखि रुद्राक्षको बिक्री गर्दै आउनुभएको छ ।
जुम्लामा शुक्रबार राति परेको भीषण असिनापानीले बालीनालीमा ठुलो क्षति पुर्याएको छ ।
तिलगाउँमा गएको पहिरोको अनुसन्धान गर्न तीनसदस्यीय विज्ञ टोली लिमीगाउँमा पुगेको छ । हालसम्म हिमताल फुटेर पहिरो गएको आशङ्का गरिएकोमा त्यसको सत्यतथ्य पत्ता लगाउन सो टोली स्थलमार्गबाट सिमकोट हुँदै तिलगाउँ पुगेको हो ।
जुम्ला हुँदै मुगुको राराताल जाने पर्यटकीयमार्ग नाग्म–गमगढी सडक अन्तर्गत बालुवाखोला र गोठीज्युलाका पक्की पुल अलपत्र परेका छन् । सो सडकखण्डमा १० वटा पक्की पुल निर्माण थालिएकोमा दुई वटा अलपत्र परेका छन् ।
वर्षा लागेसँगै जमुनाह–हिल्साको कर्णाली कोरिडोरमा जोखिम बढेको छ । कोरिडोरका विभिन्न ससाना खोलामा पुल नभएकाले बर्सातमा सधैँ सास्ती हुने गरेको छ । यो वर्ष पनि वर्षा सुरु भएसँगै यात्रुले दुःख पाउन थालेका छन् ।
विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताउनुभएको छ ।
नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवर्द्धनका लागि यहाँ साङ्गीतिक तथा ‘अवार्ड’ कार्यक्रम आयोजना गरिएको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ ।