जेनजी आन्दोलनपश्चात् गठित वर्तमान सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने मूल काम रहेको छ । यसै कार्यका लागि निर्वाचन आयोगले २०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सूचना प्रकाशन गरेकाले जिल्लास्थित निर्वाचन कार्यालयमा चहलपहल बढ्न थालेको देखिन्छ ।
सल्यानमा सोमबार राति अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । कुमाख गाउँपालिका, ६ भुतखोली स्थित मौलाहाल्नेदेखि रागेचौर तर्फ जाँदै गरेको लु.प्र.०२–००१ह. १३६५ नम्बरको अटो दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
विश्व बैङ्कको एक अध्ययनले प्रारम्भिक बालविकासमा गरेको लगानीको प्रतिफल १७ गुणासम्म भएको देखाएको छ । बाल्यावस्थामा उचित विकास र सिक्ने अवसर पाउनु उनीहरूको मूल अधिकार हो ।
जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय तनहुँमा एक महिनाभन्दा बढि समयपछि राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन सेवा पुनः सुरु गरिएको छ ।
युवा जनशक्ति भविष्यका कर्णधार मात्रै अमूल्य सम्पत्ति पनि हो । देश र समाजले उनीहरूबाट धेरै आशा र अपेक्षा गरेको हुन्छ । युवा राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति पनि हुन् ।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन ।
बागलुङ जिल्लामा डेंगु सङ्क्रमणको सङ्ख्या बढेको छ । अघिल्लो साता मात्रै जिल्लाभर ११० जनामा भएको डेंगु सङ्क्रमण बढेर २५७ पुगेको छ । डेंगु बढेपछि बागलुङ बजारमा खोज र नष्ट गर अभियान सोमबारदेखि थालिएको छ ।
जेनजी आन्दोलनका सिलसिलामा खरानी भएको पार्टी कार्यालयको अवलोकनपछि नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले त्यसै ठाउँमा अझै राम्रो कार्यालय बनाउने उद्घोषबारे विविध चर्चा परिचर्चा भएका छन् ।
सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित सिङ्योन घर भएका २१ वर्षीय अजय कुमार यादवको करेन्ट लागेर मृत्यु भएको हो ।
अफ्रिकी छनोट समूहबाट घाना सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । घाना आगामी विश्वकपमा खेल्न योग्य हुने अफ्रिकाको पाँचौँ राष्ट्र हो । यसअघि अल्जेरिया, इजिप्ट, मोरोक्को र ट्युनिसियाले पनि अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा स्थान बनाइसकेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मङ्गलबार मधेश प्रदेश सभामा विश्वासको मत लिने हुनुभएको छ ।
पर्वत जिल्लाका अधिकांश स्थानीय पालिकाहरुले वार्षिक योजना किताब तोकिएको समय भित्र सार्वजनिक गर्न नसक्दा भौतिक विकास निर्माणका काम ठप्प बराबर छन् ।
मनोवैज्ञानिक विरोधाभासभित्र बाँचेका मानिसका आत्मानुभूतिलाई क्यानभासमा उतार्ने क्रममा उद्धवराज रिमालले शीर्षक जुराउनुभएके छ, ‘इकोज अफ दी सौल’ अर्थात् आत्माका प्रतिध्वनिहरू ।
चलचित्र ‘मुग्लान’ को निर्माण पक्षले सोमबार चलचित्रको ‘फर्स्ट लुक्स’ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्र आगामी पुस १० गते देशभरका हलमा प्रदर्शन हुने छ ।
नेपालको पुँजी बजार नियमन गर्ने दुई प्रमुख निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कर्मचारी सेवा सुविधा कटौतीको विरोधमा निरन्तर आन्दोलनमा उत्रिएपछि दुवै संस्थाको कार्यसम्पादन ठप्प भएको छ ।