राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर दिनेश भट्टले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि देशभर स्वयंसेवक खटाउने कार्यलाई अभियानका रुपमा अघि बढाइएको बताउनुभएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोटदेखि हुँडीखोला जोड्ने सडक अनिश्चियतकालको लागि बन्द भएको छ । गाउँपालिकाले सडक कालोपत्रे गर्र्न भन्दै ताकुकोट–हुँडीखोलासम्म पुग्ने सडक अर्को सूचना नआएसम्म लागि बन्द रहने बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।
सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय समाचार समिति ९रासस०ले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुभएको छ ।
कृतबहादुर विष्टकैलाली, जेठ ११ गते। कैलालीको धनगढी १४ एच गाउँ स्थित साईनोचोक नजिकै एक नवजात शिशु बेवारिसे अवस्थामा फेला पारिएको छ । रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनाल सहित शिशु फेला परेको हो । स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिनुभयो। शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको चन्दले बताउनुभयो ।
बिहान सबेरै थाकेका आँखामा सपना सजाउँदै कपिलवस्तु बुद्धभूमि नगरपालिकाका कृषक बृज मोहन केवट एक पिक अप तरकारी राखेर हाट बजार तर्फ लाग्नु भयो । भिण्डी, टमाटर, काँक्रो, बन्दा, लौका र बोडीले गाडी भरिएको थियो । हाट बजार पुगे पछि उहाँको सपना भने चकना चुर भयो । बजारमा तरकारीलाई १० रुपैयाँ किलोको भाउमा समेत बेच्न मुस्किल थियो ।
प्युठानका अग्ला टाकुरामा अहिले मन्दिरहरू छन् तर यी स्थलहरू पहिले राजा र उनका सेनाहरू बस्ने ‘कोट’ थिए । ती किल्ला जस्ता संरचनाहरूमा भाला, खुकुरी र तोपसहित सैनिक तैनाथ हुन्थे। कोटहरू शासन, सुरक्षा र युद्ध रणनीतिका केन्द्र थिए । तर आज यी ऐतिहासिक गढहरू हराउँदै गएका छन् ।
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ । यही जेठ १३ गतेदेखि सुरू हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् ।
निकै अनुभवी खेलाडी नारायण र पासाङको जोडीसँग प्रतिस्पर्धा गर्नु बीरु लिम्बु र अर्जुन श्रेष्ठलाई सहज थिएन । नारायणको वेश र पासाङको ट्रिकले नयाँ रणनीति बनाउनुको विकल्प थिएन विपक्षीलाई । तर दुवै जनाको उत्कृष्ट स्म्याच । तर अर्जुन र बीरुले हानेर मात्र पार नलाग्ने भन्दै खेललाई अर्को ट्रीक लगाउन थाले ।
काठमाडौँ उपत्यकाको कान्छो व्यवस्थित र आधुनिक बजार हो दरबारमार्ग । नारायणहिटी दरबार (सङ्ग्रहालय) को मुख्य प्रवेशद्वारअगाडि सिधा देखिने यो बजार स्थापनाको दृष्टिकोणले कान्छो भए पनि आमउपभोक्तामाझ चर्चित एवं लोकप्रिय छ ।
केही वर्ष पहिलेसम्म तनहुँको म्याग्दे गाउँपालिका–१, गुणादीकी राममाया सुनारलाई वर्षभरि काम गर्दा पनि बेसाएर खानुपर्ने बाध्यता थियो ।
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले छैटौँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएको अवैध अस्पताल स्थानीय तहले खुलाइदिएको आरोप लगाउनुभएको छ ।