वरिपरि हिमालहरुको सुन्दर दृश्य । हरियाली वनपाखा, रमणीय हिमश्रृङ्लाको दृश्य अवलोकन गर्न सकिने उत्कृष्ट पर्यटकीय गन्तव्य हो मोहरे डाँडा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे गाउँको शिरमा पर्ने मोहरे डाँडा ३ हजार तीनसय १० मिटरको उचाइमा पर्दछ ।
सिरियाको गृह मन्त्रालयका प्रवक्ता नौरेदिन अल–बाबाले गत डिसेम्बरमा सत्ताच्युत भएका लामो समयदेखिका शासक बशर अल असदको गुप्तचर र सुरक्षा निकायले करिब एक तिहाइ जनसङ्ख्यालाई उसको खोजी सूचीमा राखेको शनिबार बताउनुभएको छ ।
आहाराको पर्खाइमा बसिरहेको किंगफिसर (माटीकोरे) चरा । जर्मनका यी रैथाने चराहरु आकर्षक नीलो प्वाँखको कारणले गर्दाले गर्दा प्रायः ‘उड्ने रत्न’ पनि भनिन्छ ।
नेपाली कांग्रेसले हरेक जातजाती, समुदाय, वर्ग, लिङ्ग, धर्म, संस्कार, संस्कृति र परम्परा तथा भुगोलको न्यायोचित विकास गर्न समता र समुन्नतिको सिद्धान्त अनुरुप काम गरिरहेको पूर्व बाणिज्य मन्त्री तथा नेपालि कांग्रेसको केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले बताउनुभयो ।
उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ सालभन्दा अगाडिको व्यवस्थामा कराँते खेल प्रतिबन्धित रहेको बताउनुभएको छ ।
तत्कालीन अवस्थामा सुदूरपश्चिमको सबैभन्दा ठुलो करिब २० लाख लिटर क्षमताको सुनपोखरी बहुउपयोगी सिँचाइ पोखरी फुटेर जीर्ण भएको १५ वर्षभन्दा बढी भयो । पञ्चायती व्यवस्था वि.सं. २०२९ सालमा निर्मित पोखरी पूर्ण रुपमा कहिल्यै सञ्चालनमा आएन ।
मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकारको स्टेशनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको आज मृत्यु भएको हो ।
जिल्लाको रामपुर नगरपालिकामा बालबालिका तथा खेलाडीहरुलाई भलिबल तथा फुटबल प्रशिक्षण दिन सुरु गरिएको छ।
मध्ये पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ ।
गत वर्षको बढी पहिरोबाट क्षतिग्रस्त मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड सडकको मर्मत सुरु गरिएको छ । यो वर्षको वर्षादको मौसम नजिकिएसँगै मध्य पहाडी राजमार्ग सडक आयोजनाले उक्त खण्डको विभिन्न ठाँउमा बढी पहिरोबाट क्षतिग्रस्त सडक मर्मत सुरु गरेको हो ।
गोरखाको अजिरकोट गाउँपालिकाको सिम्जुङ–महाभीर र बारपाक सुलीकोट गाउँपालिका-३ जोड्ने मुख्य सडक झण्डै १५ वर्षपछि कालोपत्रे भएको छ ।
दाङमा बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएपनि लिने नागरिकको सङ्ख्या भने न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय घोराहीमा राष्ट्रिय परिचयपत्र तयार भएर आइसक्दा समेत राष्ट्रिय परिचयपत्र लिन भने कम मात्रामा नागरिक आउने गरेका छन् ।
नेकपा (एमाले)का उपमहासचिव तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञावालीले देशको सङ्कट टार्नका लागि मुलुकका दुई ठुला पार्टीको सत्ता समीकरण अपरिहार्य रहेको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको १० वर्ष पूरा भएको सन्दर्भमा राज्यका सबै प्रणालीको समीक्षासँगै सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
बागलुङको जैमिनी नगरपालिकाले आठ घरविहीन परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरेको छ । जैमिनीले आर्थिक रुपमा विपन्न परिवारलाई ओत लाग्न नयाँ घर हस्तान्तरण गर्नुका साथै प्राकृतिक विपतबाट प्रभावित तेह्र घर परिवारलाई घर निर्माण गरेको हो ।