आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न युवाको सहभागिता उल्लेख्य देखिएको छ । विगतका चुनावप्रति खासै चासो नदेखाएका तर हालैका राजनीतिक घटनाक्रम र जेनजी समूहको आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाता आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् ।
असोज–कात्तिक लागेसँगै सुदूरपश्चिमका गाउँघरमा खेतबारीमा चहलपहल बढेको छ । धान पाक्न थालेपछि किसानहरू धान काट्ने, ‘‘गाज्यौ’’ खर जम्मा गर्ने र गहुँ छर्ने तयारीमा व्यस्तहुन थालेका छन् ।
स्थानीय तहले आफूखुसी खनेका ग्रामीण सडकमा जोखिम बढ्दै गएको छ । सडकलाई पहिलो प्राथमिकता दिएका स्थानीय तहले एक्साभेटरमार्फत सडकको ट्र्याक खोले पनि थप सुधार नगर्दा जोखिम बढेको हो ।
हेटौँडाको राप्ती खोलाको बगरमा बेवारिसे अवस्थामा शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट भुद्रुङ तर्फ जाने नयाँ पुल मुनी राप्ती खोलाको बगरमा सोमबार दिउँसो पुरुष व्यक्तिको बेवारिसे अवस्थामा शव फेला परेको हो ।
भियतनामको थोङ नाट स्टेडियममा साँझ ६:१५ बजे सुरु हुने यस खेल नेपालका लागि ‘होम म्याच’ हो । यसअघि बिहीबार खेलिएको पहिलो लेगमा नेपाल भियतनामसँग ३–१ गोलले पराजित भएको थियो
जिल्लाका अधिकांश ठाउँमा आयातित धानको बिउ रोप्ने चलन भित्रिएका बेला मेलौली नगरपालिकामा आकाशे पानीको भरमा उस्कलो खेतमै रैथाने केदारी बासमती फलेको छ । केदारी बासमतीको भात माणसँग खाने चलन छ ।
मधेश प्रदेशमा हालैको बाढी र डुबानबाट प्रभावित पाँच जिल्लाका एक हजारभन्दा बढी परिवारलाई राहत सहयोग उपलब्ध गराएको छ ।
हुलाकी राजमार्ग बनेपछि वरपरका जग्गाको मूल्य ह्वात्तै बढेको छ तर आफ्नै सम्पत्तिको मूल्य बढे पनि यहाँका जग्गाधनी अहिले हर्ष न बिस्मातको अवस्थामा छन् । जग्गा कारोबार र वार्षिक कर तिर्नै नसक्ने भएका छन् ।
तीन पटकसम्म थपिएको म्याद सकिएर पुनः म्याद पाएपछि काम भइरहेको बुटवल–नारायणगढ सडक निर्माणले अहिले भने तीव्रता पाएको छ । गत साउनबाट एक वर्षको म्याद पाएको ठेकेदार कम्पनीले अहिलेसम्म ७२ प्रतिशत काम सम्पन्न गरेको छ ।
हिन्दु तथा बौद्धमार्गीको महत्वपूर्ण तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तीर्थालु तथा पर्यटकलाई लक्ष्य गरी तीन ठाउँमा स्वास्थ्य परीक्षण गरिन्छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा दसैँपछि सेवाग्राहीको निकै ठुलो भीड लागेको छ । प्रशासन कार्यालयले चार कार्यालयका जनशक्ति व्यवस्थापन गरेर सेवा प्रवाह गरिरहेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई ध्यानमा राखी लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन तिहारपछि बोलाइने भएको छ । प्रदेश सरकारका अनुसार अधिवेशनका लागि आवश्यक बिजनेस (कार्यसूची) तयारी भइरहेको छ ।
दाङमा करिब साढे छ हजार घरमा टिनको छाना लगाउन बाँकी रहेको पाइएको छ । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय दाङले सुरक्षित आवास कार्यक्रम अन्तर्गत खरको छाना हटाई टिनको छाना लगाउन छनोटमा परेका नौ हजार ८७९ घरमध्ये अझै छ हजार ६१२ घरमा टिनको छाना लगाउन बाँकी रहेको जनाएको छ ।
जिल्लाका अधिकांश ठाउँमा आयाति धानको बिउ रोप्ने चलन भित्रिएका बेला मेलौली नगरपालिकामा आकाशे पानीको भरमा उस्कलो खेतमै रैथाने केदारी बासमति फलेको छ । केदारी बासमतिको भात माणसँग खाने चलन छ ।