दक्षिणपूर्वी एसियाली राष्ट्रको आगामी शिखर सम्मेलनमा हुने थाइल्यान्ड र कम्बोडियाबिचको शान्ति सम्झौताको औपचारिक हस्ताक्षर कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सहभागी हुने आयोजक राष्ट्र मलेसियाका विदेश मन्त्री मोहम्मद हसनले मङ्गलबार बताउनु भएको छ ।
अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ ।
एसियाली इलेक्ट्रोनिक खेलकुद महासङ्घ (एइएसएफ)ले थाइल्यान्डको बैंककमा दोस्रो साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ ।
बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ । अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ ।
चीनले दक्षिण कोरियाली जहाज निर्माण कम्पनी हानवा ओसनका पाँच अमेरिकी सहायक कम्पनी (युनिट)माथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
इजरायली सेनाले मङ्गलबार हमासले फिर्ता गरेका चार जना बन्धकमध्ये एक नेपाली विद्यार्थी विपिन जोशी र इजरायली नागरिक गाइ इलुजको शव पहिचान गरिएको पुष्टि गरेको छ ।
मडागास्करका सङ्कटग्रस्त राष्ट्रपति एन्ड्री राजोलिनाले सोमबार आफ्नो ज्यानमाथि भएको आक्रमण प्रयासपछि आफू अहिले ‘सुरक्षित स्थान’मा रहेको बताउँदै बढ्दो अशान्ति र विरोधका बिच पनि राजीनामाको आह्वानलाई अस्वीकार गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश गम्भिर राजनीतिक र सामाजिक सङ्कटको अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टीभित्र एकता, संयमता र जिम्मेवार राजनीतिक दृष्टिकोण अत्यावश्यक रहेको भन्नुभयो।
उत्तरी गोरखाको बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक अविरल वर्षाका कारण झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ ।
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति न्यून देखिएको छ । गत भदौमा तीन वर्षे ठेक्का अवधि सकिएको उक्त पुलमा हालसम्म जम्मा ५० प्रतिशत काम भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोक्नु भएको छ ।
दसैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकुल भए पनि त्यसयता गण्डकी प्रदेशभित्रका पदमार्गहरूमा चहलपहल बढिसकेको छ । बर्सातले केही ‘बुकिङ’हरू रद्द भए पनि यतिखेर अधिकांश पदमार्गहरूमा स्वदेशी एवम् विदशी पर्यटक देखिन थालेका छन् ।
धादिङका १२ जनालाई ‘वन संरक्षण योद्धा’ सम्मान गरिएको छ ।
दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ ।