तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते भएका छन् । सहायक प्रधानाध्यापक निराजन भट्टको कुटाइबाट घाइते भएका हुन् ।
गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ र सञ्चारिका समुहले समावेशीकरणको मुद्दामा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) ले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र सञ्चारिका समूहको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई वधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा तीन संस्थाका पादाधिकारीहरुले साझा मुद्दामा सहकार्य र समन्वय गर्ने प्रतिवद्धता जनाएका हुन् ।
त्रिशुलीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ज ०८५४ को इभी भ्यान दुर्घटना भएको छ ।
मधेश प्रदेशमा बाल विवाह र दाइजो प्रथा नियन्त्रणका लागि निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ। ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो।
इतिहासका अन्वेषक तथा अध्यता स्व. ऋषिराज बरालको नाममा स्थपित सम्मान तथा पुरस्कारबाट नाटककार, कवि एवम् प्राज्ञ पुरु लम्साललाई सम्मान गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गर्नुभएको छ।
प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको सिद्धान्त र प्राथमिकता सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागुऔषध दुर्व्यसनीका कारण अपराध, स्वास्थ्य समस्या, बेरोजगारी, पारिवारिक विखण्डन समाजमा बढ्न थालेको बताउनुभयो।
प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना, वरिष्ठ सङ्गीतकार न्ह्यु बज्राचार्यको सङ्गीत र लोकप्रिय गायक प्रवीण बेडवालको स्वरमा रहेको सन्देशमूलक भावको गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक भएको छ।
गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनको आइतबार बिदाइ गरिएको छ । उहाँलाई २०८० जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पादक सल्लाहकार नियुक्त गरेको थियो । दुई वर्षको कार्य अवधि पूरा भएपछि उहाँलाई बिदाइ गरिएको हो ।
प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा ब्वाईज अन्डर–१५ तर्फ आर्यन रानाले उपाधि हात पार्नुभयो ।