धौलागिरी हिमालको काखमा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ गाउँ। जनजातीको बसोबास रहेको यो गाउँ पर्यटकीय स्थल टोड्केको फेदीमा र धौलागिरी सेञ्चुरी पदमार्गको प्रवेशद्धारका रुपमा रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ।
निर्माण कार्य सम्पन्न भएपछि यो रिङरोडले घरपझोङ गाउँपालिका अन्तर्गतका जोमसोम, ठिनी, सम्ले, ढुम्बा, चिम्ले, तिब्बतीयन क्याम्प, छैरो, चिमाङ र लक्की गाउँहरु जोड्ने छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भागेका गुल्मी धुर्कोट गाउँपालिका–७ थेप्चेका ३६ वर्षीय भरत भन्ने साजन अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कोहलपुरमा मात्रै तिहारलाई लक्षित गरेर करिब ३० कुइन्टल सयपत्री फूल उत्पादन हुँदैछ। कोहलपुर १३ का जयबहादुर बस्नेतले २० कुइन्टल र कोहलपुर तीनका विष्णुकुमारी चौधरीले १० कुइन्टल गरेर ३० कुइन्टल फूल उत्पादन हुँदैछ।
पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ काशी भञ्ज्याङका किसानले लगाएको आलु खेती । मकै पाकेर भित्र्याएसँगै लगाएको आलु अहिले फूल फुलिसकेको छ ।
चालु आर्थिक वर्ष २०८२र८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ ।
मङ्गलबार एकैदिन करिव तीन हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । यसपटकको सिजन (मौसम) मा हालसम्मकै बढी सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मङ्गलबार पदबाट राजीनामा दिएपछि मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आजै सरकार गठनका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ ।
स्पेसएक्सले सन् २०२५ अक्टोबर १३ मा आफ्नो विशाल रकेट ‘स्टारशिप’को ११ औं परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षा प्रमुख जीन-पियरे ल्याक्रोइक्सले मङ्गलबार बजेट कटौतीका कारण विश्वभरका शान्तिरक्षकले निर्वाह गर्दै आएको ‘अपरिहार्य’ भूमिकामा गम्भीर चुनौती उत्पन्न भएको चेतावनी दिनुभएको छ ।
मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।