नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका ८० जना दक्षिण कोरियाली नागरिक कम्बोडियामा बेपत्ता भएको दक्षिण कोरियाको विदेश मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
अफ्रिकी महादेशको छनोटअन्तर्गत सोमबार राति भएको खेलमा केप भर्डेले इस्वातिनीलाई ३–० गोलले हराउँदै विश्वकपमा स्थान बनाएको हो ।
देशका ७५ जिल्लाबाट छ हजार १०६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस ओखलढुङ्गाका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये ११ जनाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वसमक्ष माग गरेका छन् ।
विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो ।
गत आर्थिक वर्ष २०८१–८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार रु ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ ।
जलवायु परिवर्तनको विश्वव्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जित्नु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यसअघि घोषणा गरेको शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ ।
इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति प्रस्तावलाई कडा भाषामा अस्वीकार गर्दै उक्त आह्वानलाई अमेरिकाका हालका सैन्य कार्यसँग ‘पूर्णतः विपरीत’ भएको टिप्पणी गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आउने चिनियाँ सामानमा थप सय प्रतिशत कर लगाउने घोषणा गर्नुभएको केही दिनमै चीनले मङ्गलबार अमेरिकासँगको व्यापार युद्धमा ‘अन्त्यसम्म लड्न तयार’ रहेको कडा चेतावनी दिएको छ ।
विश्वप्रसिद्ध प्रविधि कम्पनी गुगलले भारतमा अभूतपूर्व लगानी योजना घोषणा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सोमबार सार्वजनिक गरको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै नेपाल १७औं स्थानमा उक्लिएको हो ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा ३ दारिमज्युला निवासी कमला विष्टले समूहमा आवद्ध भएपछि केही व्यवसाय गर्नुपर्छ भन्ने सोचका साथ कुखुरा पाल्न थाल्नुभएको छ ।