उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ ।
गुल्मीका स्थानीय तहले ३०४ ऐन निर्माण गरेका छन् । जिल्ला समन्वय समिति गुल्मीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा प्रतिवेदन अनुसार दुई नगरपालिका र दस गाउँपालिका गरी यस जिल्लाका १२ स्थानीय तहले सो सङ्ख्यामा ऐन निर्माण गरेका हुन् ।
सार्वजनिक संरचनाको पुनर्निर्माण र निर्वाचनको खर्च व्यवस्थापनका लागि सङ्घीय सरकारले खर्च कटौतीको निर्णयपछि प्रदेश सरकार पनि त्यस बाटोमा लागेका छन् । जेनजी आन्दोलनपछि गठन भएको सङ्घीय सरकारले असोज ५ गतेको मन्त्रीपरिषद्को बैठकले नेपालको आर्थिक इतिहासमै सबैभन्दा ठुलो खर्च कटौती गरेको थियो ।
सर्लाहीमा कात्तिक १ गतेदेखि अनलाइनबाटै नागरिकताको फारम सिफारिस हुने भएको छ । जिल्लामा पहिलो पटक अनलाइन अर्थात् ‘केन्द्रीय नागरिकता सूचना व्यवस्थापन प्रणाली’मार्फत नागरिकता सिफारिस गर्ने तयारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारको अवसरमा राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न दिने निर्णय गरेको छ । प्रशासन कार्यालयले एक सार्वजनिक सूचनामार्फत पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएको बताउनुभएको छ । विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नियमित हात धुँदा व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउन योगदान पुग्ने दावी गर्नुभयो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७८ पैसा र बिक्रीदर १४२ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।
देशभर बुधबार मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भाग्नुभएको छ । उहाँ फ्रान्सको विमान चढेर भाग्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
दुई वर्षसम्म छोरा फर्कने आसमा बिताएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित बिचपुरी मल्लिकार्जुन टोलमा बस्दै आएको विपिन जोशीको परिवार शोकमा डुबेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ । आयोजनाका लागि आवश्यक डक्टाइल आइरन (डिआई) पाइप खरिदमा अनियमितता गरेको आशङ्कामा आयोगले छापा मारेको हो ।
झन्डै चार अर्ब रुपियाँ ठगी भएको युनिटी लाइफ इन्टरनेसनल लिमिटेडबाट पीडित भएको दाबीसहित छ हजार जनाभन्दा बढीले रकम फिर्ताका लागि निवेदन दिएका छन् । कम्पनीको सम्पत्ति बेचबिखनबाट पीडितलाई रकम भराउने गरी सर्वोच्च अदालतले गरेको फैसला अनुसार पीडितसँग निवेदन माग भएको थियो ।
काठमाडौँमा असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार एकैदिन १० वटा रिट निवेदन दर्ता भएका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु प्रहरीले ठूलो परिमाणमा पटाका, आतिसवाजी र राजस्व छली गरी ल्याइएका सामानसहित एक जनालाई पक्राउ गरेको छ।