• २९ असोज २०८२, बुधबार

काठमाडौँमा बुधबारदेखि राहदानी आवेदन सेवा सुरु हुने

blog

काठमाडौँ, असोज २८ गते । काठमाडौँमा असोज २९ गतेदेखि राहदानी आवेदन सेवा सुरु हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा भोलिदेखि सुरु गर्न लागेको जानकारी दिएको हो । उक्त सेवा जेनजी प्रदर्शनपछि स्थगित हुँदै आएको थियो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले भोलि बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सेवा ९सिफ्ट०मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ । 

राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएको समयमा उपस्थित भई सहयोग गरिदिनसमेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।