• २९ असोज २०८२, बुधबार

स्वच्छता नै स्वास्थ्यको आधार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएको बताउनुभएको छ । विश्व हात धुने दिवस (अक्टोबर १५) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नियमित हात धुँदा व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउनुका साथै समुदायलाई पनि रोगमुक्त बनाउन योगदान पुग्ने दावी गर्नुभयो । 

शुभकामनामा उहाँले भन्नुभएको छ, “दिवसले हामीलाई स्वच्छता र स्वास्थ्यप्रति सजग रहन टेवा पुग्छ । यस अवसरमा आयोजना हुने जनचेतनामूलक कार्यक्रमहरूले हात धुनुको सरल र प्रभावकारी अभ्यासलाई जीवनशैलीमा समावेश गर्न उत्प्रेरित गर्छ ।”