काठमाडौँको बसुन्धरामा दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रुलाई ठक्कर दिँदा स्कुटरमा सवार महोत्तरी घर भई काठमाडौँको चावहिल बस्ने १८ वर्षीया मनिसा परियारको मृत्यु भएको हो ।
भित्रिमधेश जोगबुडाबासीले जग्गाधनी प्रमाणपत्र लालपुर्जा पाएका छन् । परशुराम नगरपालिकाको १२ लालढुङ्गा बजारका ६४ जना अव्यवस्थित बसोबासीले एक दशपछि मात्रै पछि जग्गाधनी पुर्जा पाएका हुन् ।
संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले सोमबार बताएको छ ।
इजरायलले गाजामा अतिआवश्यक सामानको आपुर्तिमा प्रतिबन्ध लगाउनु ‘अस्वीकार्य’ कदम भएको भन्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इजरायलको निन्दा गर्नुभएको छ ।
मिथिलाञ्चलमा सोमबार वटसावित्री अर्थात् वरसाइत पर्व मनाइएको छ । विवाहित महिलाहरुले मनाउने यो पर्वलाई लिएर बर भएको ठाउँमा पूजाका लागि बिहानैदेखि भिड लागेको छ ।
जिल्ला अदालत म्याग्दी एक महिनादेखि न्यायाधीशविहीन रहेको छ । अदालतमा कार्यरत न्यायाधीश प्रकाशप्रसाद पण्डित वैदेशीक भ्रमणमा निस्केपछि जिल्ला अदालत म्याग्दीको न्याय सम्पादन प्रभावित भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर चोरमारास्थित गिरुबारी खोलाको भाँचिएको पुल तत्कालका लागि टेको लगाएर सञ्चालन गरिने भएको छ ।
मधेशको ‘लाइफ लाइन’ मानिने हुलाकी सडकअन्तर्गत १४ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुललाई आगामी बजेटमा समेट्न सिरहावासीले माग गरेका छन् ।
एक्लै व्यवसाय सञ्चालन गर्न आर्थिक अभावसँगै बजारको ज्ञान नहुँदा दिदीबहिनीसँग मिलेर व्यवसाय सञ्चालन गरेको भन्दै सञ्चालक गुरुङले भन्नुभयो, ‘घरको कामपछि दिनभर केही काम थिएन, साथीहरूसँग सल्लाह गरेर गार्मेन्ट उद्योग सञ्चालन गरेका हौं ।’
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि चरित्र हत्या गर्ने र लाञ्छना लगाउने काम भएको बताउनुभएको छ ।
हिमाली क्षेत्रमा पानीपर्दैन भन्ने कथन पछिल्लो समय फेरिएको छ । विगतमा पानीको आवश्यकता नै हिउँले पूर्ति गर्ने हिमाली जिल्ला मनाङमा अहिले वर्षा हुन्छ । जसले गर्दा यहाँका माटाका छानो भएका घर मासिन थालेका छन् ।
पर्वतको दक्षिणी भेगमा पर्ने बाच्छा गाउँका कृषकलाई बिउ काँक्राे टिप्न भ्याइनभ्याइ छ ।
विश्वकै उच्च हिमाली भेगमा आयोजना हुने साइकलिङ प्रतियोगिता मध्येको एक ‘याक अट्याक’ साइकलिङ प्रतियोगिता सुरु भएको छ । लमजुङ सदरमुकाम बेसीसहरबाट सुरु भएको प्रतियोगिता आठौं दिनमा पोखरा पुगेर टुङ्गिनेछ ।
सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको आँप यो वर्ष ५३ लाख ७१ हजार रुपियाँमा ठेक्का लागेको छ । सुरज निर्माण सेवा लालबन्दी २ पुनर्वासले सो रकममा आँपको ठेक्का सकार गरेको हो ।
कैलालीको त्रिनगर भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनालाई कुटपिट गरेको आरोपमा धनगढी उपमहानगरपालिकाका तीन नगर प्रहरीसहित चार जना पक्राउ परेका छन् ।