बर्दियाको बाँसगढी नगरपालिका–७ अन्तर्गत बाभनपुर, कालाबन्जर र सघाहपुरगाउँ पछिल्ला दशकदेखि शाकाहारी गाउँका रूपमा परिचित छन् । यी गाउँका करिब तीन सयभन्दा बढी घरपरिवारमा बसोबास गर्ने मानिसले मासु, माछा, अन्डा वा कुनै पनि मासुजन्य परिकार नखाने परम्परा जोगाउँदै आएका छन् । स्थानीयका अनुसार गाउँमा कसैले पनि कुखुरा, खसी, बाख्रालगायतका पशु पाल्न पाइँदैन । गाउँकै परम्परागत नियम अनुसार मासुजन्य जनावर पाल्ने वा हत्या गर्ने
जिल्लामा बढ्दै गएका अनियमितता, भ्रष्टाचार र उत्तरदायित्वको कमीविरुद्ध रसुवाका युवा सक्रिय बनेका छन् । सुशासन र पारदर्शिता अभियान सञ्चालन गर्दै उनीहरूले गाउँपालिकामा सुधारका माग अघि सारेका छन् ।
गत भदौ २३ र २४ गते देशव्यापी रूपमा आयोजित जेनजी आन्दोलनमा लमजुङका सातजना घाइते भएको खुलेको छ । उनीहरुलाई उपचार खर्च लिन आउन जिल्ला प्रशासन कार्यालयले आह्वान गरेको छ ।
कर्णाली प्रदेशका सिकलसेल एनिमियाका बिरामीलाई उपचार गर्न र औषधी लिन लुम्बिनी प्रदेशको बाँके जानुपर्ने बाध्यता छ । यो रोगको उपचार गर्ने व्यवस्था र औषधी नपाइँदा बाँके जानुपर्ने बाध्यता छ ।
सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँका चोरीको बिगबिगी बढेको छ । चाडपर्वको अवसरमा घरधनी लेखका बस्तीमा बस्ने र गाउँका घर खाली भएको हुने भएका कारण चोरीका घटनाहरु बढेका हुन् ।
जुनीचाँदे गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको झगडाका कारण कर्मचारीले सात महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन । गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी तलब नपाएपछि मर्कामा परेका हुन ।
असोज १८ गते रातिको अविरल वर्षासँगै खसेको पहिरोले माईजोगमाई गाउँपालिकाको मुख्य प्रशासनिक भवनमा क्षति पु¥याएको छ । गाउँपालिकाको भवनभित्रै बाढी पस्दा एक
कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले करारका कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । असोज २१ मा सबै शाखालाई परिपत्र गर्दै आगामी कात्तिक १ गतेदेखि लागु हुने गरी करारका कर्मचारीलाई काममा नलगाउन निर्देशन गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राना थारु भाषा
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ । बर्खा लागेपछि गत जेठबाट सफारी बन्द गरिएको कञ्चनपुरस्थित सो निकुञ्जमा सोमबारदेखि जङ्गल सफारी खोलिएको हो । मनसुन गएपछि असोज २७ गतेदेखि दुई वटा रुटमा जङ्गल सफारी खुला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
जेनजी प्रदर्शनकारीको आगजनी र तोडफोडपछि अस्तव्यस्त बनेका सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सबै मन्त्रालय सञ्चालनमा आएका छन् ।
चितवनको माडी नगरपालिकातर्फ जाने निकुञ्जभित्रको मूल सडकको वातावरणमैत्री मर्मतसम्भारका लागि वन मन्त्रालयले अनुमति दिएको छ । माडी नगरपालिकाको जनप्रतिनिधि
भूमि समस्या समाधान आयोग खारेज हुँदासम्म डडेलधुराका ३२२ स्थानीयले जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका छन् ।
बाजुरा जिल्लाको पूर्वीउत्तर क्षेत्र बुढीनन्दा नगरपालिका–२ स्थित कोल्टी बसपार्क अहिले बसको पर्खाइमा रहेको छ । विसं २०८१ फागुनदेखि २०८२ असारसम्म चल्ने गरेका लामो दुरीका बस मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडीमै रोकिने गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा