जिल्लाको कुशे गाउँपालिका–२ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्षका नारायणप्रसाद दाहालले नेपालमा तीन तहको विकासमा दोहोरोपनाले समग्र विकासमा नै समस्या ल्याएको बताउनुभएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत हालसम्म १५ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
बालिका बलात्कार गरेको आरोपमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनुहुँदै ‘पपुलिस्ट’ खालका बजेट नआउने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गर्नुभएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनसुन पूर्व तयारी थालिएको छ ।
लमजुङको बेसीशहर नगरपालिका ६ मालेबगरस्थित मर्स्याङ्दी नदीमा पौडी खेल्न गएका एक युवा बेपत्ता हुनुभएको छ। हराइरहेका व्यक्ति सप्तरीको सम्भुनाथ –१२ अर्नाहाका २४ वर्षीय नन्दकिशोर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
केन्द्रीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औँ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा स्याङजाको पुतलीबजार र वालिङ नगरपालिकामा बाँदरको सङ्ख्या गणना गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले निकासी पैठारी (नियमन) विधेयकमा प्रविधिलाई समेत समेट्नुपर्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्नुहुँदै सचिव कार्कीले यस्तो बताउनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्रको सुदृढीकरण र पारदर्शिताका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईं नेतृत्वको पत्रकारसँग छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक पाँच दशमलव २१ अङ्कले घटेर दुई हजार ६७४ दशमलव ७६ को विन्दुमा कायम भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासको लक्ष्य प्राप्त गर्न विद्युत् विधेयक अपरिहार्य रहेको बताउनुभएको छ ।