प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि बेलायती राजदूत रोब फेन नेतृत्वको प्रतिनिधि मण्डलबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
बर्दिबास-३, गौरीडाँडामा खुला भलिबल प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेट गर्नुभएको छ ।
कपा (एमाले) निकट अखिल नेपाल किसान महासंघ र भूमी अधिकार तथा श्रमिक संगठनले सरकारले हालै खारेज गरेको भूमि समस्या समाधान आयोगको पुनः स्थापना गर्न माग गरेका छन् ।
मधेश प्रदेशमा नयाँ सरकार गठनको दौडमा निर्णायक मानिएको जनमत पार्टीले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल)लाई आधिकारिक रुपमा समर्थन गरेको छ ।
पश्चिम नेपालमै सबैभन्दा बढी हवाई सेवा प्रदान गर्दै आएको नेपालगन्ज विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण कार्य सम्पन्न भएको छ ।
पूर्वी चीनको शानडोङ प्रान्तस्थित लियाओछेङ शहरको छिपिङ जिल्ला क्षेत्रमा मंगलबार राति एक सवारी दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ ।
संस्कृतिलाई पर्यटनसँग जोड्दै विभिन्न गतिविधि हुने पोखरामा यसपालिको तिहारको भाइटीकाका दिन महोत्सव हुने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी ओली नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता–कार्यकर्तालाई लक्षित गर्दै पार्टीमा फर्किन आग्रह गर्नुभएको छ।
इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ । यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र गोरखापत्र संस्थानबिच चार करोड ६० लाखको अनुदान सम्झौता भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलानजिकै समुद्रमा लागूपदार्थ ओसारिरहेको आशङ्कामा एक सानो डुङ्गामाथि गरिएको हवाई आक्रमणमा ६ जनाको ज्यान गएको पुष्टि गर्नु भएको छ ।
मधेश प्रदेशमा सत्ता समीकरण फेरिँदै जाँदा दुई जना नेताले मुख्यमन्त्रीको दाबी पेश गर्नुभएकाे छ ।
प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठका अनुसार रावललाई प्रेस संयोजकको जिम्मेवारी तोकिएको हो ।