• ६ पुस २०८२, आइतबार

सिन्धुली क्याम्पसको विजयी सुरुवात

गौरीडाँडामा खुला भलिबल प्रतियोगिता सुरु

blog

उद्घाटन खेलमा भिड्दै सिन्धुली क्याम्पस र बर्दिबास इलाका प्रहरी। तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज २९ गते। बर्दिबास-३, गौरीडाँडामा खुला भलिबल प्रतियोगिताको प्रथम संस्करण आजदेखि सुरु भएको छ। तिहार तथा छठ पर्वको अवसर पारेर गौरीबास खुलामञ्च परिसरमा नकआउटका आधारमा उपाधिका लागि हुने प्रतियोगिताको बर्दिबास नगर प्रमुख प्रह्लाद क्षेत्रीले उद्घाटन गर्नु भएको हो। 

उद्घाटन पश्चात सिन्धुली मल्टिपल क्याम्पस र इलाका प्रहरी बर्दिबासले प्रतिस्पर्धा गरेका हुन्। उद्घाटन खेलमा सिन्धुली क्याम्पसले पहिलो सेटमा २५–१३ दोश्रो सेटमा २५–१८ तथा तेश्रो सेटमा २५–१९ ले इलाका प्रहरी बर्दिबासलाई पछि पारेर विजयी सुरुवात गरेको हो। 

गौरीबास युथ क्लबको आयोजनामा कार्तिक १ गतेसम्म सञ्चालन हुने पुरुष भलिबल प्रतियोगितामा महोत्तरी, सर्लाही, सिन्धुली र धनुषाका गरेर दुई विभागीयसहित आठ टिमको सहभागिता रहेको छ।

आयोजक गौरीबास युथ क्लबका अध्यक्ष सुवोध कट्टेलका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफीसहित नगद एक लाख एक हजार, उपविजेताले नगद ५१ हजार नगदसहित ट्रफी पाउने छन्।